२१ बैशाख २०८१, शुक्रबार

‘नमेटिने घाउ’मा प्रधानमन्त्रीको भुमिकामा ओलिको अभिनय
  • न्युज मानसराेवर

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गरेका छन्। मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रमा आज अभिनय गरेका हुन्। फिल्ममा अध्यक्ष ओलीको भूमिका प्रधानमन्त्रीको रहेको छ। चलचित्र ‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो।

फिल्मका अभिनेता रमित ढुङ्गाना छन्। केही दिनअघि मात्रै फिल्ममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका थिए।

छायांकनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फिल्म निर्देशक रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकारहरु रहेको बताए। उनले आज अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१औँ दिनमा चलचित्रको छायांकनसमेत सकिएको बताए।

उनले भने, ‘यो फिल्मको नाम किन नमेटिने घाउ भनेर सोधिने गरिन्छ। किनभने शरीरमा जुन एसिड पर्छ, त्यो शरीरमा परेपछि जतिसुकै सर्जरी गरेपनि नमेटिने भएकाले त्यसको नाम नमेटिने घाउ राखिएको हो। कसैको जीवनीमाथि आधारित छ। एउटा चलचित्र लाग्छ, तर यो चलचित्र भित्र ५ वटा चलचित्र छ। अध्यक्ष ओलीज्युको अभिनयसँगै आज ५१ दिनमा आएर चलचित्रको छायांकन सकिएको छ।’ सामाजिक कथावस्तुमा आधारित फिल्म पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भइसकेको छ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech