२४ बैशाख २०८१, सोमबार

गोरखामा चार दिने योग शिविर सञ्चालनमा
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बाँकेको कोहलपुर २ मा रहेको शैक्षिक गन्तब्यको आर्कषित केन्द्रविन्दु गोरखा युनाईटेड पब्लिक स्कुलमा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुकालागि ४ दिने योग शिविर बुधवारदेखि विद्यालयको प्रांगणमा सञ्चालन गरिएको छ । ‘स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना’ भन्ने मुल मन्त्रकासाथ आज पहिलो दिन र भोलि दास्रो दिन विद्यालयका कर्मचारी तथा शिक्षकहरुको सहभागितामा शिविर सञ्चालन हुनेछ भने शुक्रवार र शनिवार विद्यालय संबद्ध अभिभावक तथा विद्यार्थीहरुका लागि योग शिविर सञ्चालन हुने विद्यालयले जनाएको छ ।

शैक्षिक शत्रको शुरुवातमा विद्यालयको बार्षिक क्यालेण्डर बमोजिम योग शिविर सञ्चालन गरेको गोराखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक केशर बहादुर आले मगरले न्युज मानसरोवरलाई बताए । उनले ”स्वस्थ र स्वच्छ दिमाग र शरीर”ले मात्र मानव जीवनका हरेक कुराहरुलाई सार्थकता दिने भन्दै शिक्षण सिकाईका क्रममा पनि स्वस्थ दिमागका लागि योग अत्यावश्यक महशुस गरि विद्यालयले आगामि दिनहरुमा पनि योग कक्षालाई निरन्तरता दिने सोच वनाएको वताए ।

योग शिविरका मुख्य प्रशिक्षक मनोक्रान्ति सेन्टर काठमाण्डौका योगी नवराज छमजिले चार दिन सम्म सञ्चालन गर्नेछन । उनले योगवारे समेत जानकारीमुलक सन्देशहरु प्रवाह गर्ने कार्यक्रमको तय गरिएको छ ।शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ भन्दै योगी नवराजले योगलाई सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो भनेका छन ।

योग एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन योगी छमजिको कथन छ ।

  • १२ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech