२३ बैशाख २०८१, आईतवार

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासकाे मत
  • न्युज मानसराेवर

कर्णाली\कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। विश्वासको मतको पक्षमा २३ र विपक्षमा १२ मत पर्‍यो। संविधानको धारा १६८ ९४० अनुसार मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिएका हुन्। आज प्रदेशसभा बैठकमा ३५ जना प्रदेशसभा सदस्य सहभागी थिए।

एक जना मात्र सदस्य रहेको राप्रपा तटस्थ बसेको छ। चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कँडेलले यसअघि मन्त्रालय भागबन्डाको विषयमा सत्ता गठबन्धन दलबीच सहमति नहुँदा विश्वासको मत लिएका थिएनन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा ९एमाले० का १० समामुखसहित, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादीका १र१ जना गरी हाल ३९ जना सांसद छन्।

नेपाली कांग्रेसका १५ सांसद रहेकोमा एक जना निलम्बनमा छन्। विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता भएपछि संसदीय दलका नेता जीवनबहादुर शाही चैत २२ गतेदेखि निलम्बनमा परेका छन्। उनी वाइडबडी घोटलामा मुछिएका हुन्।

  • १३ बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech