८ जेष्ठ २०८१, मंगलवार

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार
  • न्युज मानसराेवर

सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच राज्यमन्त्रीसहित सात जना सरकारमा पठाउन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । मुख्यमन्त्री कँडेलको सिफारिसमा चार जनालाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ ।

आज पद तथा गोपनीयताको शपथ लिनेमा आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर बुढा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही रहनु भएको छ ।

भौतिक पूर्वाधार तथा शहरी राज्यमन्त्रीमा गमता विकलाई मुख्यमन्त्री कँडेलले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो । यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसक्नु भएका विना विभागीय मन्त्री रणसिंह परियारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ भने विनोदकुमार शाहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

कर्णाली सरकारले तीन साता लामो छलफल तथा सहमति पछि पूर्णता पाएको हो । गत २७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका नेकपा एमाले संसदीय दलका नेता कँडेलले २१ औ दिनमा आज मन्त्रिमण्डललाई पूर्णता दिनु भएको हो । आठ मन्त्रालय रहेको कर्णालीमा आन्तरिक मामिला तथा कानून मन्त्रालय भने मुख्यमन्त्री कँडेलले आफै राख्नु भएको छ ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech