८ जेष्ठ २०८१, मंगलवार

आज दिउँसो ४ प्रदेशमा वर्षा, राति ३ प्रदेशमा हावाहुरीको सम्भावना
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानसँगै बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ।   राति कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला बिहीबार र शुक्रबारको मौसम?

२०८१ वैशाख २० गते (बिहीबार)

दिउँसो:  कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक वदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी प्रदेशका एक-दुई स्थानमा हावा-हुरीको सम्भावना रहेको छ।

राति:  कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी प्रदेशका तराई भुभागका एक-दुई स्थानमा हावा-हुरीको सम्भावना रहेको छ।

२०८१ वैशाख २१ गते (शुक्रबार)

दिउँसो:   सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक वदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

राति:  सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक वदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावनारहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

  • १९ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech