४ जेष्ठ २०८१, शुक्रबार

कौशिल्या अस्पताल र सहकारी संस्था कोहलपुरको गाउँ लक्षित स्वास्थ शिबिर
  • न्युज मानसराेवर

कोहलपुर, बाँके: बाँकेमा सबै भन्दा पुरानो सहकारी संस्था साझा र कौशिल्या अस्पताल कोहलपुरले पालिकाहरुका ग्रामिण स्तरमा स्वास्थ्य शिबिरलाई अभियानकै रुपमा अगाडि बढाएका छन ।

तराई मधेसका विभिन्न जिल्लाहरुमा बढ्दो गर्मी मौसम र ‘लु’  चलिरहेको बेला जन स्वास्थ्यलाई चासो दिंदै दुबै संस्थाहरुले मानबिय कार्यमा समर्पित भएको जनाएका छन ।

बैशाख १८ देखि २८ सम्म कोहलपुर नगरपालिकाका पन्ध्रै वडा र बैजनाथ गाउँ पालिकाका २,३ र ४ वडामा स्वास्थ शिबिरको अभियानले निरन्तरता पाउने भन्दै कौशिल्या अस्पतालका प्रशासन प्रमुख शंकर न्यौपानेले शिबिरमा सुगर,प्रेसर र विभिन्न रक्त जाँच गरिनुका साथै निदानका उपाय र निशुल्क औषधि बितरण समेत गरिएको बताएका छन ।

न्यौपानेका अनुसार जनतालाई प्रत्यक्ष लाभ होस भनेर तीन जना फिजिसियन डाक्टरहरु समेत फिल्डमा खटिएको र उनिहरुले परिवर्तन मौसम अनुसार देखापर्ने रोगको निदान तथा परामर्श समेत दिइरहेका छन ।

डा.नन्द कुमार यादब, डा. सरोज यादब र डा. दिपक गुप्ता एबं स्वास्थ्य कार्यकर्ताहरुको टोलिले सामान्य रोगहरुलाई शिबिरमा नै परामर्श र औषधि बितरण गरि सेवा दिएको बताउदै अस्पताल प्रशासन प्रमुख न्यौपानेले  जटिल खालका केशहरुलाई अस्पताल रिफर गरि स्वास्थ्यका सबै सेवाहरुमा २५% छुटका साथ उपचारको ब्यबस्था मिलाईएको बताएका छन ।

बढदो गर्मी र तातो हावा ‘लु’ का कारण जन स्वास्थ्यमा असर परिरहेको सन्दर्भमा  जनताका घर आगणमा स्वास्थ्य सेवा  पुग्दा जन स्वास्थ सचेतनामा अभिबृद्दी हुनुका साथै रोग प्रतिरोधी सिकाई बिधिहरुबाट पनि स्थानियहरु लाभान्भित भएको न्यौपानेको भनाई छ ।

सहकारी संस्था कोहलपुरको ७० प्रतिशत आर्थिक सहयोग तथा अस्पतालको ३० प्रतिशत आर्थिक एबं प्राबिधिक सहयोगमा संचालित स्वास्थ  शिबिरमा आफ्ना सहकारिका उल्लेख्य सहभागिता रहेको प्रती उत्साहित हुँदै सहकारी संस्था कोहलपुर साझाका ब्यवस्थापक जुल्फेकार अलिले देशमै सहकारिहरुप्रती हेर्ने दृष्टि सहकारी शिक्षाले मात्र नपुग्ने भन्दै जनतालाई प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सचेतना र स्वास्थ  चेक जाँच नै भएको महशुस गरि आफुहरुले शिबिर सन्चालनमा अस्पताल सङ्ग सहकार्य गरेको बताए ।

उनले सेयर सदस्यसङको निकटताले सहकारी र सदस्य बिचको बढ्दो दुरि कम हुने मात्र नभई एक आपसमा बिस्वस्नियता कायम हुने बिस्वासका साथ आफू पनि शिबिर स्थलहरुमा गइरहेको भन्दै ब्यबस्थापक अलिले सदस्य स्वस्थ भए मात्र सहकारी बलियो हुने समेत बताए । उनले सहकारीहरु खाएर भाग्छन, सब ठग हुन भन्ने जस्ता भ्रमपुर्ण भास्यहरु समाजमा स्थापित गराउन गिरोहहरु नै सकृय रहेको सन्दर्भमा अब सहकारिहरुले ॠण र बचत सेवा मात्र हैन शिक्षा स्वास्थ्य जस्ता बिषयहरुलाई पनि जोडन आबाश्यक भइसकेको औंल्याए ।

आज बैजनाथ ४ मा भएको स्वास्थ शिबिरमा २७८ जना भन्दा बढिले  स्वास्थ्य  सेवा लिएका छन यो शिबिर बैशाख २८ गते सम्म चल्ने भएकाले आफुलाई पायक पर्ने बैजनाथ वा कोहलपुरका १५ वडामा हुने स्वास्थ शिबिरमा  सहभागी हुन र आफ्नो स्वास्थ चेक जाँच गरि निशुल्क औषधि लिन समेत कौशिल्या अस्पताल कोहलपुरले अपिल गरेको छ ।

कोहलपुर ११ पिपलचौतारा कोहलपुरमा रहेको अस्पतालले लामो समय देखि अकुपंचर सेवाका अलावा आपतकालिन तथा बहिरङ्ग सेवा समेत दिंदै आएको अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद न्यौपाने बताउछन ।

  • २० बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech