५ जेष्ठ २०८१, शनिबार

मैत्रिपुर्ण क्रिकेटको उपाधि कोहलपुरको त्रिमाविलाई
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा आयोजित जिल्ला स्तरिय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नमूना मावि कोहलपुरले उचाल्न सफल भएको छ ।

कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा त्रिभुवन नमूना मावि कोहलपुरले आदर्श मावि नेपालगञ्जलाई ३ रनले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । उपाधिसंगै त्रिभुवन माविले ३० हजार नगद सहित प्रमाण पत्र र ट्रफि प्राप्त गरेको छ भने उपविजेता आदर्श माविले १५ हजार नगद सहित प्रमाण पत्र सहित ट्रफि प्राप्त गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको त्रिभुवनले १२ ओभरमा ९४ रनको योगफल बनाएको थियो । ९५ रनको लक्ष्य पछ्याएको आदर्श माविले १२ ओभरमा ७ विकेट गुमाउँदै ९१ रन मात्रै बनाउन सफल भयो । जितका लागि त्रिभुवनका इन्द्र विसीले ३५ बलमा अर्ध सतक ५० रन जोडन सफल भएका थिए ।

यहि बैशाख १५ गतेदेखि अनलाइन टिभी पत्रकार संघ बाँकेले आयोजना गरेको जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागि भएको अनलाईन टिभि पत्रकार संघ बाँकेका सचिव केशराज खड्काले बताए । नक आउट चरणमा भएका खेलको फाईनलमा त्रिभुवन र आदर्श बिच कडा प्रतिस्पर्धा भएको थियो । अब देखि प्रत्यक बर्ष यस प्रतियोगितालाई निरन्तरता दिईने खड्काको भनाई रहेको छ ।

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech