५ जेष्ठ २०८१, शनिबार

फेक रिजल्ट प्रतिवेदन कार्यान्वय गराउन दवाफ दिंदै अनेरास्ववियु

५ दिनको अल्टिमेटम

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को रिजल्ट फेक भेटिएपछि गठित छानविन समितीले सार्वजनिक गरेको प्रतिबेदन र उक्त प्रतिवेदनमा औंल्याएका दोषि उपर गरिने भनिएको कारवाहिलाई कार्यान्वयन नगरिएको भन्दै अनेरास्वविय बाँकेले कोहलपुर नगरपालिकालाई दवाफ दिन थालेको छ ।

प्रतिवेदन सार्वजनिक गरिएकै दिन नगर प्रमुख पुर्ण प्रसाद आचार्यले दोषिलाई नछोडिने प्रतिबद्धता जनाएको भएपनि हाल सम्म दाषि देखिएकाहरुलाई कारवाहि नगरिएको भन्दै अनेरास्ववियु बाँकेले नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई ५ दिनको अल्टिमेटम दिंदै शुक्रवार एक ज्ञापन पत्र पेश गरेको छ ।

ज्ञापन पत्रमा कोहलपुर नगरपालिकाद्धारा सञ्चालित आधारभुत तहको परीक्षामा भएको घोटालामा छानविन समितीले ल्याएको प्रतिवेदन बमोजिम दोषिहरुलाई कारवाहि गर्न कोहलपुर नगरपालिकाले देखाएको उदाशिनताप्रति अनेरास्ववियु बाँकेको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रतिवेदनमा दाषि देखिएका नगर शिक्षा प्रमुख, नगर शिक्षा अधिकृत लगाएत प्रतिवेदनको मर्म अनुरुप विलम्व कारवाहि गर्न आग्रह गरिएको छ ।

५ दिनको अल्टिमेटम दिईएको उक्त ज्ञापन पत्रमा दोषि उपर उक्त समय सिमा भित्रमा कारवाहि नगरिए अनेरास्ववियु बाँकेले कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनि दिंदै आन्दोलनबाट सम्पुर्ण कुराहरुको जिम्मेवारी सम्वन्धित निकाय नै हुनुपर्ने उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतिवेदन कार्यान्वयनमा आफु लागिरहेको भन्दै सरकारी वकिलको कार्यालयले कागजात अपुग भन्दै मुद्धा दर्ता नगरेकाले कारवाहि प्रक्रिया केहि प्रभावित भएको भयतापनि प्रतिवेदन अनुरुप देखिएका दोषिलाई कारवाहि गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएको अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश केसिले न्युज मानसरोवरलाई वताए ।

यता कारवाहिको दायरामा ल्याउने भनिएका कर्मचारीहरुले कार्यालयको काम भने गरिरहेको पाईएको छ । नगर शिक्षा प्रमुख राम वहादुर हमालले विभिन्न कार्यालयका पत्रहरुमा दस्तखत गरेसंगै उनले कार्यालयको कामलाई निर्धक्क निरन्तरता दिएको पुष्टि हुन्छ भने कक्षा १२ को परिक्षाको अनुगमणमा समेत रविलाल मिजार सहभागि भएपछि उनलाई पनि कारवाहिले नछोएको विद्यार्थीहरुको आरोप छ ।

अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश केसिले शिक्षा क्षेत्रमा देखिएको विक्रिति र विसंगतिको अन्त्यकालागि समितीको प्रतिवेदनको मर्म अनुरुप कारवाहिको सिफारीसमा परेकालाई कारवाहि नगरिए नगरपालिकाका सवै काम ठप्प हुनेगरि आन्दोलनको तयारीमा रहेको जनाएका छन । उनले नगरपालिका नगर कार्यपालिकाको मुख्य गेटमा ताला लगाएर धर्नामा वस्ने वातावरणको सिर्जना नगरियोस म चेतावनि दिन चहान्छु न्यायोचित मागलाई बेवास्था गरे परिणाम राम्रो हुने छैन उनले चेतावनी शैलिमा भनेका छन ।

अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष प्रकाश विकद्धारा हस्ताक्षरित ज्ञापन बुझाउन अनेरास्ववियका केन्द्रिय सदस्यद्धय दिनेश केसि र सुमन घिमिरे, अनेरास्ववियुका लुम्विनी प्रदेस सदस्य तथा कोहलपुर ईन्चार्ज विकल भट्टराई, जिल्ला सह सचिव केशर जंग शाही, जिल्ला सदस्य निश्चल जंग ठकुरी लगाएतका विद्यार्थी नेताहरु कोहलपुर नगरपालिका पुगेका थिए ।

 

र यो पनि

कोहलपुर नगरले सञ्चालन गरेको कक्षा ८ को रिजल्ट फेक – भाग १

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech