६ जेष्ठ २०८१, आईतवार

युवा कलव सञ्जाल कोहलपुरले नमुना नगर सभा गर्दै

अवसर हामीलाई दिनुहोस परिवर्तन सबैका लागि ल्याउनेछौं

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेमा रहेको कोहलपुर नगरपालिका भित्रका युवा क्लवहरुको सञ्जाल कोहलपुर नगर युवा क्लव सञ्जालले यहि महिनाको अन्ततिर नमुना नगर सभा गर्ने भएको छ ।कोहलपुर नगरपालिकाको २ लाख सहयोग र अन्य दात्रि निकायको समेत सहयोग रहने नमुना नगर सभामा ६५ जनाको हाराहारीमा नगर भरिका प्रतिनिधि युवाहरुको सहभागिता हुनेछ भने ४ दिन सम्म चल्ने उक्त सभा सम्पन्न गर्न ३ लाख ७४ हजार खर्च हुने अनुमान गरिएको छ ।

बैशाख २८ गते देखि ३१ गते सम्म आयोजना हुने नमुना नगर सभामा युवा महिला, शिक्षक, पत्रकार र क्लवका प्रतिनिधिहरुको रहनेछ भने सभामा २ वटा नमुना विधयक पेश गर्दै संसदिय अभ्यास समेत गरिने आज आयोजित पत्रकार सम्मेलनमा युवा क्लव सञ्जालका नगर अध्यक्ष रमेश वरले जानकारी दिए । नमुना नगर सभामा कोहलपुर नगर भित्र नयाँ रचनात्मक के कस्ता काम गर्न सकिन्छ भन्ने मुद्धामा सभा केन्द्रित हुनेछ भने युवाहरुलाई नेपालको संसदिय अभ्यास प्रक्रियावारे जानकारी समेत दिईनेछ । स्थानिय युवाहरुका मुद्धा स्थापित गर्न र हरेक क्षेत्रमा युवा सहभागिताको सुनिश्चितता गर्दै समाजमा ब्याप्त बिक्रिति विसंगतिका विरुद्ध जागरुक वनाउन समेत सभाले सहयोग पुरयाउने पत्रकार सम्मेलनमा वरले जानकारी दिए ।

स्थानिय तहमा वजेट निर्माणमा युवाहरुको सहभागिताका साथै युवामैत्रि निति कार्यक्रममा सहभागिका सवालहरुको ड्राफट तयार पार्ने सभाले स्थानिय सरकारलाई आफना कार्यक्रमहरु नगर सभाको निति तथा कार्यक्रम र वजेट निर्माणमा समेत पेश गर्नेछ ।

”अवसर हामीलाई दिनुहोस परिवर्तन सबैका लागि ल्याउनेछौं”भन्ने मुल नारा बोकेको कोहलपुर नगर स्तरीय युवा सञ्जालले यस अघि युवा सम्मेलन गरिसकेको छ । युवा सम्मेलनमा उठेका मुद्धाहरुलाई समेटदै नमुना नगर सभाको आयोजना गरिएको भन्दै अध्यक्ष रमेश वरले विभिन्न जात जाति, क्षेत्र लिंङ्ग, वर्ग, समुदायवाट सांस्कृतिक पहिचान सहितको सहभागिता रहने जिकिर गरे ।

पत्रकार भेटघाट तथा सभा आयोजनाको जानकारी दिने उक्त कार्यक्रममा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले युवाहरुको सहभागितावाटै समाज परिवर्तन संभव भएको वताउदै युवाहरुलाई कुलतवाट वचाउन युवा सञ्जालले खेलेको भुमिकालाई मुक्त कण्ठले प्रसंसा गरे ।उनले संसदिय अभ्यास, नगर सभा कसरी हुन्छ भन्ने जानकारी पाउने युवाहरु नै भोलिका जनप्रतिनिधि हुन सक्ने भन्दै कानुन, निती निर्माणमा समेत युवाहरुको पहुचलाई सुनिश्चितता गर्ने एजेण्डाहरुमा हुने छलफलले युवाहरु थप खारिएर आउनेमा विश्वास ब्यक्त गरे ।

नगर कार्यपालिका सामाजिक विकास समितीका संयोजक ईश्वरी प्रसाद विकले युवाहरुलाई वाटो विराउन नदिन विभिन्न ईभेन्टसहरुको आवश्यकता भएको औंल्याउदै यहि माटोमा केहि गर्छु भन्ने युवाहरुलाई युवा लक्षित कार्यक्रम र युवामैत्रि संरचना निर्माणको खाँचो भएको औंल्याए । कार्यक्रममा युवा क्लव सञ्जालका पदाधिकारीहरु, बिभिन्न सञ्चार गृहका सञ्चारकर्मिहरु तथा नगरपालिकाका कर्मचारीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech