६ जेष्ठ २०८१, आईतवार

जसपा नेता भण्डारीलालले सम्हाले मन्त्रालयको कार्यभार
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:पार्टीको निर्णय भन्दै केही दिनअघि मन्त्री पदबाट राजिनामा दिएका भण्डारीलाल अहिरले सोमबार मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्री अहिरले राजिनामा दिएपनि उनको राजीनामा स्वीकृत भएको थिएन । लुम्बिनी प्रदशेमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

पार्टी फुटेको भोलिपल्टै अहिरले जिम्मेवारी सम्हालेका हुन् । आइतबार अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मन्त्री अहिरले भने कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा नपुगेको सञ्चारमाध्यमलाई बताएका छन् । यद्यपि, उनी राई पक्षमा नै रहेको सम्बद्ध पार्टीका नेताहरुले दाबी गरेका छन् ।

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech