६ जेष्ठ २०८१, आईतवार

लुम्बिनी प्रदेशका किसानलाई आकाशे पानीकै भर
  • न्युज मानसराेवर

बाँके: लुम्बिनी प्रदेशमा आधाभन्दा बढी जमिनमा आकाशेपानीको भरमा खेती हुँदै आएको छ। प्रदेश सरकारले सिचाइका पूर्वाधारहरूमा लगानी गरेपनि आधाभन्दा बढी जमिनमा सिचाइको सुविधा पुग्न नसकेको हो । बर्खा नजिकिँदै जाँदा हरेक बर्ष बाँके नरैनापुर लगायतका किसानले सिचाइको कारण खेतीयोग्य जमिन बाझै राख्न परेको भन्दै सिचाई सुविधा सहज गराउन माग गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले नहर तथा सिचाई पूर्वाधार बनाउने देखि भूमिगत सिचाइको आयोजनालाई अगाडि बढाउँदै आएको छ।तर प्रदेशमा अझैपनि सिचाई सुविधा नपुगेका जग्गा जमिनहरू प्रशस्तै मात्रामा छन् । जुन जग्गा जमिनमा आकाशेपानीको भरमा खेती हुँदै आएको छ । सहज रुपमा सिचाइको लागि पानी उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने बाँके कोहलपुर १३ का किसान रामलौटन थारु बताउनुहुन्छ ।

लुम्बिनी प्रदेश भित्र १९ लाख ३२ हजार हेक्टर जमिन छ । सो मध्य ६ लाख ७९ हजार ८२हेक्टर मात्रै खेतीयोग्य जमिन रहेको छ। लुम्बिनी प्रदेशमा ६ लाख ७८ हेक्टर जमिन सिचाइको सम्भावना भित्र पर्छ । प्रदेशको ३ लाख ४२ हेक्टर जमिनमा सिचाइको सुविधा पुगेको छैन । प्रदेशभित्र जम्मा ३ लाख ३६ हेक्टर जमिनमा मात्रै सिचाई सुविधा पुर्‍याउन सकिएको मन्त्रालयका महाशाखा प्रमुख महेश पोख्रेलले जानकारी दिनुभयो ।

५ वर्षको अवधिमा लुम्बिनी प्रदेश सरकारले १५ हजार ५ सय ३४हेक्टर क्षेत्र नयाँ सिञ्चित क्षेत्र बिकास गर्न सकिएको ५० हजार हेक्टरमा सिचाई सुदृढीकरणको काम भएको २ हजार २ सय हेक्टर जमिन नदी नियन्त्रणबाट, उकास भएर कृषिको लागि प्रयोगमा आएको बताइएको छ । लुम्बिनी प्रदेश भित्र महत्त्वपूर्ण सिचाई आयोजनाहरू चलिरहेको भएपनि सो आयोजनाले स्रोतसाधनको अभाव झेल्नुपरेको छ । किसानलाई खेतीपाती गर्न सहज रुपमा पानी उपलब्ध गराउन सरकारले विभिन्न आयोजनाहरू सञ्चालन गरेपनि पानीमा किसानहरूको सहजै पहुँच पुग्न सकिरहेको छैन ।

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech