६ जेष्ठ २०८१, आईतवार

भेरी अस्पतालमा बिरामीको चाप
  • न्युज मानसराेवर

बाँके:अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टाइफाइड, डेंगु, मलेरिया र भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । बिरामीको चाप बढेसँगै पर्याप्त शय्या नहुँदा भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले बताउनुभयो ।

भेरी अस्पतालमा दैनिक १२ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । यस्तै बाँकेको नरैनापुर गाउँपालिकाको स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्वास्थ्य संयोजक नगेन्द्र कुमार कर्णले बताउनुभयो ।

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech