६ जेष्ठ २०८१, आईतवार

कोहलपुर नगरपालिकाको एघारौं स्थापना दिवसमा यी ब्यक्ति तथा संस्था सम्मानित

उत्कृष्ट करदाता शिक्षण अस्पताल कोहलपुर र सञ्जय ढकाल

  • प्रमोद रिजाल

कोहलपुर बाँके: कोहलपुर नगरपालिकाको एघारौं स्थापना दिवसका अवसरमा बिभिन्न ब्यक्ति तथा संस्थाहरु सम्मानित हुनुका साथै पुरस्कृत भएका छन । उत्कृष्ट निर्माण ब्यबसायीहरुमा डि.एन कन्ट्रक्सन कोहलपुरका सञ्चालक मीना वली, उत्कृष्ट सफाईकर्मि (मालि) दल बहादुर खत्रि, चालक/ दमकल चालक यम बहादुर गुरुङ र उत्कृष्ट नगर प्रहरीमा प्रहरी सहायक निरीक्षक डिल्लि बहादुर चन्द भएका छन ।

उत्कृष्टहरुलाई नगद तथा प्रमाण पत्र सहित एघारौं स्थापना दिवसमा आयोजित सभामा प्रमुख अतिथी तथा अतिथीहरुले सम्मान तथा पुरस्कृत गरेका छन ।
यसैगरि नगरपालिकामा यस बर्ष उत्कृष्ट करदाताको रुपमा ब्यक्तिगत तर्फ एक लाख दश हजार ८ सय अठार हजार रुपैया कर बुझाएर सञ्जय ढकाल उत्कृष्ट करदाता घोषित भएका छन भने संस्थागतर्फ लर्ड बुद्ध एजुकेशनल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले २७ लाख ७२ हजार ८ सय सन्ताउन्न रुपैया कर बुझाउदै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

एघारौं स्थापना दिवसका अवसरका अवसरमा आयोजित सामुहिक नृत्य प्रतियोगितामा गोरखा युनाईटेड पबिलक स्कल प्रथम, पञ्चमुखि ई.मी सेकेण्डरी स्कुल द्धितिय र ग्रिन पिस माविले चप्परगौडी तृतीय हासिल गर्न सफल भई पुरस्कारका भागिदार भएका थिए । उनीहरुलाई पनि आज मंगलवार आयोजित सभामा पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको छ ।

यसैगरि नगर स्थापनाका अवसरमा लागु औषध न्युनिकरणमा विद्यार्थीहरुको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा वाल विद्या ई.मि. स्कुलका जीवन अर्याल प्रथम, द्धितियमा गोरखा युनाईटेड पब्लिक स्कुलकि छात्रा राधिका बुढा मगर तृतियमा दुई विद्यालय ग्रिन पिस मावि चप्परगौडिका आयुष पोख्रेल तथा पञ्चमुखि पञ्चमुखि ई.मी सेकेण्डरी स्कुलका रिया कुवरलाई सफलता प्राप्त भएको थियो सफल विद्यार्थीहरुलाई पनि आज आयोजित समारोहमा सम्मान तथा पुरस्कृत गरिएको छ ।
नगर स्तरीय कविता प्रतियोगितामा वाल ज्योती सेकेण्डरी स्कुलका विपिन सिंह प्रथम, कृष्ण मावि कौशिलानगरका श्रृष्टि बुढा मगर द्धितिय र ग्रिन पिस मावि चप्परगौडीका आयुष पोख्रेल एबं जिवन ज्योती स्कुलका श्रद्धा पौडेलले तृतिय स्थान हासिल गरेका थिए । प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पनि आज आयोजित सभामा सम्मान तथा पुरस्कृत गरिएको छ ।

कर्मचारी र जन प्रतिनिधिहरुविच भएको ब्याटमेन्टिन प्रतियोगितामा धोलकराज ढकाल र यज्ञ बहादुर तिमिल्सेनाको जोडि प्रथम, प्रकाश खत्रि र वाग्लेको जोडि द्धितिय र कम्भराज डाँगि र पुरुषेत्तम पाख्रेलको जोडि तृतिय भएको थियो । उक्त जोडिहरु पनि परस्कृत भएका छन ।

यसैगरि कोहलपुर नगरपालिकाले हरित नगर अभियानमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै बैजनाथ ८ मा रहेको सुनिल राईस मिलका सञ्चालक धन बहादुर खत्रि र क्रिसा बाँकेलाई समेत सम्मान गरेको छ भने राष्ट्रिय खेलमा उत्कृष्ट पदाधिकारीहरुलाई पनि सम्मान गरेको छ यसरी सम्मानित हुनेहरुमा ज्ञानिता कुलाल द्धितिय तेक्वान्दो, प्रदिप बिष्ट द्धितिय उसु, सुर्वक सिग्देल तृतिय तेक्वान्दो, मिलन विश्वकर्मा तृतिय हाईजम्प, गरिमा चौधरी तृतिय उसु, किशोर बिष्ट तृतिय उसु र ओमी चौधरी तृतिय उसु रहेका छन ।

आज आयोजित कार्यक्रममा शैक्षिक शत्र ०७९ ०८० मा एसइई र विएलई तर्फ उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई पनि सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा एसइई तर्फ संस्थागत विद्यालयका विन्दु पौडेल वागेश्वरी एकेडमीकी छात्र रहेकी छिन उनले जिपिए ३.९५ ल्याउन सफल भएकी थिईन । यसैगरि बागेश्वरीकै कविता पचभैया, ममता वलि, पुर्णिमा बुढाक्षेत्रि र दिपेश दहालले पनि जिपिएए ३.९ ल्याएर सम्मानित भएका छन । सामुदायिक विद्यालयतर्फ त्रिभुवन माध्यामिक विद्यालयकी मालिका यादवले ३.८५ ल्याएर सम्मानित हुने अवसर प्राप्त गरेकी छिन ।

विएलईमा संस्थागत तर्फ गोरखा युनाईटेडका प्रिसाराज भण्डारीले ४ जिपिए ल्याएर उत्कृष्ट भएका थिए भने जिवन ज्योती स्कुलका अभिनव तिवारी, अभ्युदय गैरे, प्रिन्सा हमाल राय श्री राना समेत उत्कृष्ट भएका थिए ।  डायनामिक स्कुलका रमेश जैसि पनि उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीको सुचिमा आफनो नाम दर्ज गराउन सफल भएएपछि नगरपालिकाले आफनो स्थापना दिवसका दिन सम्मान गरेको हो । सामुदायिक विद्यालयतर्फ त्रिभुवन माविका कृष्ण बुढा मगर ३.८५, त्रिभुवन मावि कै सृष्टि वलि ३.८ जिपिए र कृष्ण माविका रिजु रमाईलीले ३.८ जिपिए ल्याएको भन्दै उत्कृष्ट जिपिए ल्याएको भन्दै नगरले सम्मान गरेको छ ।

एघारौ स्थापना दिवसका अवसरमा कोहलपुर नगरपालिकाले उत्कृष्ट वाल विकास शिक्षक, कर्मचारी र शिक्षकहरुलाई प्रोत्साहन तथा सम्मान गरेको छ यसरी प्रोत्साहन तथा सम्मान हुनेहरुमा कक्षा ८ को नगर स्तरिय परिक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै शिव शक्ति आधारभुत विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटा, कक्षा ८ को नगर स्तरिय परिक्षामा सामुदायिक विद्यालयतर्फ नेपाली विषयमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै नेपाल राष्ट्रिय आधारभुत विद्यालय चटारका शिक्षक पार्वती आचार्य, वाल विकास शिक्षकलाई दिएको तालिमको बयबहारिक रुपमा उत्कृष्ट तरिकाले कार्यान्वयन गरेको भन्दै जनज्योती आधारभुत विद्यालय झण्डहवाका वाल विकास शिक्षक शीला चौधरी, अनुगमणका क्रममा सवै सामुदायिक विद्यालयहरु मध्य उत्कृष्ट सरसफाई कायम गरेको भन्दै सिद्धार्थ माध्यामिक विद्यालयका कार्यालय सहयोगि फुल वर्षिया थारु रहेका छन भने संस्थागत विद्यालयतर्फ ४२ बर्षदेखि शिक्षण पेशामा आबद्ध भई हाल राम जानकी माविमा कार्यरत शिक्षक भेषराज शर्मालाई सम्मान गरिएको छ।

एघारौं स्थापना दिवसकै अवसरमा दौड प्रतियोगितामा उत्कृष्ट हुने छात्र छात्रहरुलाई पनि सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा छात्र ५ किलोमिटर दौडमा जिवन ज्योती स्कुलका सुगम चौधरी प्रथम, बागेश्वरी एकेडेमीका सागर बुढा द्धितिय, गोरखा युनाईटेड पब्लिक स्कुलका रमित सापकोटा तृतिय रहेका छन ।

छात्रातर्फ ३ किलोमिटर दौडमा कृष्ण माविकी स्वस्तिका शाहि प्रथम, गोरखा युनाईटेड पब्लिक स्कुलकी कल्पना बुढा द्धितिय र डाईनामिक माविकी तुलसी बुढा तृतिय भएका थिए । दौडमा उत्कृष्ट हुने छात्राहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको छ ।

 

  • २५ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech