१२ श्रावण २०८१, शनिबार

ठमेलका सडकमा उत्ताउलो पारा,अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ महिला पक्राउ
  • न्युज मानसराेवर

काठमाडौँ:काठमाडौंको ठमेलमा रातको समयमा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गरेको आरोपमा १५ जना महिला पक्राउ परेका छन्।  प्रहरी वृत्त लैनचौरले विशेष टोली परिचालन गरेर उनीहरूलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।
पक्राउ पर्नेमा ९ जना विदेशी र ६ जना नेपाली युवती छन्। उनीहरूले ठमेलस्थित सडकमा रातको समयमा बसेर विदेशी तथा आन्तरिक पर्यटकलाई दुर्व्यवहार गर्ने, हैरानी दिने तथा सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप गर्ने गरेको प्रहरीको दाबी छ।

प्रहरीले उनीहरूविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अभद्र व्यवहारको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ। पक्राउ पर्ने विदेशीमा ८ युगाण्डा र १ जना केन्याका रहेका छन्। नेपालीहरू पनि विभिन्न जिल्लाका रहेका छन्। प्रहरीले उनीहरूको नाम नामेसीसमेत सार्वजनिक गरेको छ।

को को परे पक्राउ?

  • १८ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech