११ श्रावण २०८१, शुक्रबार

टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाकाे विजयी सुरुवात
  • न्युज मानसराेवर

एजेन्सि:टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ । अमेरिकाको न्यूयोर्कमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हरायो । श्रीलङ्काले दिएको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

दक्षिण अफ्रिकाका क्विन्टन डीककले २०, हेनरीक क्लासेन अविजित १९ तथा ट्रिस्टन स्टब्सले १३ र कप्तान एडन मारक्रमले १२ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का १९ ओभर १ बलमा ७७ रनमा अलआउट भयो । उसका कुशल मेण्डिसले सर्वाधिक १९ रन बनाए । दक्षिण अफ्रिकाका एनरिक नोर्टजेले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले समान दुई/दुई विकेट लिए ।

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech