१२ श्रावण २०८१, शनिबार

फेक रिजल्ट घटनाक्रम मुख्य दोषिलाई उन्मुक्ति, निर्दोष पक्राउ र रिहा

मेयर साप निकै गम्भिर हुनुहुन्छ दोषि भेटिए कोहि पनि उम्कन पाउने छैनन , निर्ममतापुर्वक कारवाहि हुन्छ

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाले सञ्चालन गरेको आधारभुत तह उतीर्ण परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट शैक्षिक माफियाहरुको संल्गनतामा फर्जि तरीकाले प्रकाशित गरेको प्रमाण सहितको समाचारहरु प्रकाशित भएपछि गठित छानविन समितीको प्रतिवेदनले औंल्याएका मुख्य दोषिलाई उनमुक्ति मिलेको छ भने निर्दोषहरुले सास्ति खेप्दै पक्राउ पररे रिहाई समेत भएका छन । ”मेयर साप निकै गम्भिर हुनुहुन्छ दोषि भेटिए कोहि पनि उम्कन पाउने छैनन , निर्ममतापुर्वक कारवाहि हुन्छ” भन्दै आएको नगरपालिका श्रोत भने अहिले तै चुप मै चुपको अवस्थामा पुगेको छ ।

पक्राउ पुर्जि जारी गरि पक्राउ परेका ब्यक्तिहरु निर्दोष देखिएपछि सरकारी वकिलको कार्यालयले उनीहरुलाई हाजिरी हुने शर्तमा रिहा गरेको संबद्ध श्रोतको दावि छ । उनीहरुले केहि अनुतिर्ण भएका विद्यार्थीहरुलाई २,३ नम्वर दिएर पास गराएको भएपनि ठुलो दोष नदेखिएको भन्दै रिहा गरिएको हो । यसरी रिहा हुनेहरुमा कुवेर ढकाल, रमेश थारु, डम्मर केसि, सुन्दर विक्रम क्षेत्रि र रुमिना खत्रि रहेका छन ।

कोहलपुर नगरपालिका नगर शिक्षाद्धारा गत चैत्र २ गतेदेखि ९ गतेसम्म सञ्चालित आधारभुत तह उतिर्ण परीक्षाको नतिजा फेक नतिजा बनाउन ठुलो हात रहेका रविलाल मिजार भने यतिबेला न कार्यालयमा हाजिर छन न उनी पक्राउ नै परेका छन । सामुदायिक र संस्थागत गरि ५२ विद्यालयका दुई हजार आठ सय एघार जना विद्यार्थी सम्मेलित उक्त कक्षा ८ को परिक्षामा जम्मा एक हजार अठहत्तर मात्र पास भएका थिए । संस्थागततर्फ ६९.८७ प्रतिशत र सामुदायिकतर्फ १४.८० प्रतिशत नतिजाले समग्र कोहलपुर नगरमा ३८.३४ प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएको तथ्यांक सार्वजनिक भएको थियो । यो तथ्यांकसंगै कुनै एक सामुदायिक र एक संस्थागत विद्यालयको नतिजामा फेल भएका विद्यार्थी पास भएको तथ्य फेलापरेपछि कोहलपुरको शैक्षिक क्षेत्रमा तरंग पैदा भएको थियो ।

यो तरंगसंगै गठित छानविन समितीले शिक्षा शाखा प्रमुख राम वहादुर हमाललाई निजामति सेवा ऐन २०४९ को दफा ५५ क बमोजिम कारवाहि गर्ने र निजको काज फिर्ता गर्ने भन्ने सार्वजनिक प्रतिवेदनमा उल्लेख भएपनि उनी नगर शिक्षा शाखा प्रमुख भएरै कामकाज गरिरहेका छन । उनलाई कारवाहि गर्न कोहलपुर नगरपालिका असफल भएको उनीद्धारा हस्ताक्षर गरि जारी गरिएका पत्र परिपत्रले पुष्टि गरेको छ ।

यसैगरि मुख्य अभियुक्त तथा रिजल्टलाई उथलपुथल पार्ने फरक विद्यालयलाई कपि जाँच गर्न दिएकोमा आ आफना विद्यालयको कपि जाँच गर्न दिएको, कपिका पाना नै साटने लगाएको, पाना थप्ने कार्य गर्न लगाएको पुर्णाकं भन्दा प्राप्तांक बढि बनाई दिएको, नगर शिक्षा शाखालाई बुझाएको अंक सुचि परिवर्तन गरि फरक हस्ताक्षरमा फरक अंक सुचि समेत शाखामा रहेको ,कम्प्युटर प्रविष्ट गर्दा ग्रेड समेत तलमाथी पारेको, पुराना कपिमा नयाँ कपि थपि उत्तर पुस्तिका वाहिर र भित्रको अंक फरक पारेको लगाएतका आरोप लागेका शिक्षा शाखा अधिकृत सातौं रविलाल मिजारलाई निजामति सेवा ऐन २०४९ को दफा ५९ बमोजिम विभागिय कारवाहि तथा दफा ६४ बमोजिम निलम्वन गर्ने प्रतिवेदनले औंल्याएको भएपनि उनलाई बिभागिय कारवाहि भने हुन सकेको छैन ।

शिक्षा शाखा सहायक पाँचौ वल बहादुर नेपालीलाई पनि निजामति सेवा ऐन २०४९ को दफा ५५ क बमोजिम कारवाहि गर्ने भन्ने प्रतिवेदनको मर्म पुरा हुन सकेको छैन । तर शिक्षक कर्मचारीहरुलाई शिक्षा ऐन २०२८ को दफा १७ को उपदफा १ क बमोजिम कारवाहि प्रक्रिया अगाडि बढाई पक्राउ पुर्जि जारी गरि प्रतिवेदनमा सिफारीस भए बमोजिमका ब्यक्ति बिरुद्ध ईलाका प्रहरी कार्यालयमा समेत मुद्धा दर्ता भई थप अनुसन्धान र कारवाहि प्रक्रिया अगाडि बढिरहेका बेला ५ जना रिहाई भएका छन भने ५ जना भन्दा बढि फरार रहेको पाईएको छ ।

रविन्द्र बम, उमेश केसि, आशा देवकोटा र प्रशान्त रिजाल फरारको सुचिमा रहेका छन । फरार सुचिमा रहेपनि उनीहरु पक्राउ पुर्जि जारी गरेको २५ औं दिन सम्म जिल्ला प्रशासन, स्थानिय प्रहरी वा सरकारी वकिलको कार्यालयमा हाजिर हुनैपर्ने हुन्छ एक कानुन ब्यबसायिले न्युज मानसरोवरसंगको कुराकानिमा भने ।

राजनैतिक शक्ति केन्द्र, पद तथा पहुच देखाउदै यसरी पक्राउ पर्ने डरले भाग्नेहरु नेका कोहलपुर नगर सचिव बाल कुमार शर्माको विद्यालय पञ्चमुखि स्कुल र प्रशान्त रिजालको सिटि एकेडेमीका रहेका छन ।

सामान्य विद्यालयलाई छानविनको घेरामा पारेको छानविन समितीले ठुला र दम्भवाला विद्यालयको गल्ति भने भेटाउन सकेन । रिजल्टमा गद्धारी तथा घोटला गर्ने कोहलपुरमा पछिल्लो समय नाम चलेका विद्यालय पनि रहेको छानविन समितीका एक सदस्यको दावि छ तर उनीहरुले प्रमाण लिक नगरेका काराण प्रतिवेदनमा किटान गर्न नसकिएको भन्दै रविलाल मिजारको मिलेमतोमा कोहलपुर १० मा रहेको जिवन ज्योती स्कुलको रिजल्टमा सबैको ए प्लस आएको उनको दावि छ ।

उत्तर पुस्तिकामा दिईएको अंकमा कम्तिमा १० नम्वर बढाई कम्प्युटर प्रबिष्ठ गराएको पाईयो, (३२ पाएकाले ४२ पाएका छन, २० पाएकाले ३० पाएका छन ) २ बिषयका प्रश्नपत्र समेत सोहि विद्यालयले तयार गरेको पाईयो यो प्रश्न पत्र आउट भएन भन्न सकिन्न भन्दै समितीका सदस्यले आफनो नाम नवताउने सर्तमा कोहलपुरको शैक्षिक अवस्था भयावह भएको र यस्तो चलखेलबाट शैक्षिक हव भन्ने नाराले गोलकाँक्रि खाने निश्चित भएको वताए ।

कक्षा ८ फेक रिजल्ट प्रकरण: नतिजाको फेहरिस्त प्रतिवेदन कोहलपुर नगरद्धारा सार्वजनिक

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech