२१ बैशाख २०८१, शुक्रबार

कक्षा ८ फेक रिजल्ट प्रकरण: नतिजाको फेहरिस्त प्रतिवेदन कोहलपुर नगरद्धारा सार्वजनिक

विद्यमान नियम कानुन बमोजिम काज फिर्ता,निलम्वन सम्मका कारवाहिकालागि सिफरीस गरिने

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षाद्धारा गत चैत्र २ गतेदेखि ९ गतेसम्म सञ्चालित आधारभुत तह उतिर्ण परीक्षाको नतिजा फेक भएको भन्दै बिभिन्न सञ्चारमाध्यम एबं नगरमा परेका उजरीका आधारमा गठित छानविन समितीले पेश गरेको प्रतिवेदन आज कोहलपुर नगर सभा हलमा आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ ।

चैत्र २३ गते प्रकाशित परीक्षाको नतिजा अपेक्षा अनुरुप नआएको र नतिजा नै फेरवदल भएको भनि प्राप्त प्रमाण सहित न्युज मानसरोवरले प्राथामिकताकासाथ समाचार प्रकाशित गरेपछि उद्धेलित कोहलपुरका मनहरु अनुत्तरित प्रश्नहरु बोकेर हिडिरहेको सन्दर्भमा आज प्रतिवेदन सार्वजनिक भएपछि धेरैका प्रश्नहरुको हल भएको अनुभुत भएको नगर प्रमुख पुर्ण प्रसाद आचार्यले वताएका छन ।

उनले जे नहुनु थियो त्यो भयो यथास्थितीबादको क्रमभंगता गर्नेक्रममा यस्ताखाले परिदृष्यहरु देखिएका हुनसक्छन भन्दै नगर प्रमुख आचार्यले गल्ति गर्नेहरुलाई नगरले दण्ड गर्ने जर्मको गरेको बताए ।

सामुदायिक र संस्थागत गरि ५२ विद्यालयका दुई हजार आठ सय एघार जना विद्यार्थी सम्मेलित उक्त कक्षा ८ को परिक्षामा जम्मा एक हजार अठहत्तर मात्र पास भएका थिए । संस्थागततर्फ ६९.८७ प्रतिशत र सामुदायिकतर्फ १४.८० प्रतिशत नतिजाले समग्र कोहलपुर नगरमा ३८.३४ प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएको तथ्यांक सार्वजनिक भएको थियो । यो तथ्यांकसंगै कुनै एक सामुदायिक र एक संस्थागत विद्यालयको नतिजामा फेल भएका विद्यार्थी पास भएको तथ्य फेलापरेपछि कोहलपुरको शैक्षिक क्षेत्रमा तरंग पैदा भएको थियो ।

मिलेमतो र सेटिङ्गमै नतिजा आएको आशंका बढदै गएपछि कोहलपुर नगरपालिकाले वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको संयोजकत्वमा शिक्षक महासंघका नगर अध्यक्ष राम प्रसाद चापागाई, क्रिसा अध्यक्ष भक्तलाल भारति, ज्ञान ज्योती माविका प्रधानाध्यापक सुमित्रा न्यौपाने र नगर प्रहरी प्रमुख सदस्य सचिव रहने गरि एक छानविन समिती गठन गरेको थियो । उक्त समितीले १३ दिन लामो खोज अनुसन्धानका साथ छानविन गरि बैशाख ७ गते नगर प्रमुखलाई प्रतिवेदन पेश गरेकोमा नगर प्रमुखले आज बैशाख १० गते नगर कार्यपालिकामा पेश गरि अनुमोदन पश्चात प्रतिवेदन सार्वजनिक गरेका हुन ।

१ सय एघार पेज लामो प्रतिवेदनमा ६६ वटा अनुसुचि संलग्न रहेका छन भने ४६ पेज बिस्तृत प्रतिवेदनका रुपमा प्रस्तुत गरिएका छन ।
प्रतिबेदनका अनुसार फरक विद्यालयलाई कपि जाँच गर्न दिएकोमा आ आफना विद्यालयको कपि जाँच गरेको कपिका पाना नै साटने, पाना थप्ने कार्य गरेको पुर्णाकं भन्दा प्राप्तांक बढि भएको, नगर शिक्षा शाखालाई बुझाएको अंक सुचि परिवर्तन गरि फरक हस्ताक्षरमा फरक अंक सुचि समेत शाखामा रहेको ,कम्प्युटर प्रविष्ट गर्दा ग्रेड समेत तलमाथी पारेको, पुराना कपिमा नयाँ कपि थपि उत्तर पुस्तिका वाहिर र भित्रको अंक फरक पारेको लगाएतका तथ्यहरु फेला परेको उल्लेख गरिएको छ ।

प्रतिवेदनले पदिय हिसावले नगर शिक्षा प्रमुख राम बहादुर हमाल हुने औंल्याएको छ भने शाखा अधिकृत रविलाल मिजार आफनै निर्देशनमा शिक्षण सिकाई सहजकर्ता रोमिना खत्रिलाई आफनै कार्यकक्षमा राखि उत्तर पुस्तकामा थप उत्तर पुस्तिका वनाई पहिले पाएको अंक केरमेट गरी नयाँ कायम गर्न अग्रसर मात्र नरहि अनियमितताको मुख्य जिम्मेवार निकतस्थ अधिकृतको हैसियतले मिजारलाई नै दोषि बरकरार गरिएको छ ।

यसैगरि नगर शिक्षाकै सहायक कर्मचारी बल बहादुर नेपालीलाई कम्प्युटर प्रविष्टिमा लापरवाहि गरेको र नगर शिक्षा सहयोगि भरत थारुले आफनै कार्यालयका अधिकृत रविलाल मिजारले अनियमितता गर्दा आफनै आँखाले देख्दा पनि अन्देखा गर्दै जस्ले माग्यो उसैलाई उत्तर पुस्तिका दिने कार्य गरेकाले प्रतिवेदनमा दोषि देखिएको उल्लेख गरिएको छ ।

यस शैक्षिक अनियमिततामा संलग्न ब्यक्तिहरुलाई छानविन प्रतिवेदनमा उल्लेखित दोषिहरुलाई नगर कार्यपालिकाको बैठकले समेत आवश्यक कारवाहि गर्ने निर्णय गरेको प्रतिवेदन पेश गर्दै नगर प्रमुख आचार्यले जनाएका छन ।

निजामति कर्मचारी र शिक्षक, करार कर्मचारी र शिक्षण सिकाई सहजकर्ताहरुलाई विद्यमान नियम कानुन बमोजिम काज फिर्ता,निलम्वन सम्मका कारवाहिकालागि सिफरीस गरिने भएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीले कारवाहिका मुद्धाहरुको टुंगो लगाउने भएकोले सोहि बमोजिमको सिफारीस गरिने भन्दै मुद्धा ईलाका प्रहरी कार्यालयमा समेत दर्ता भई थप अनुसन्धान र कारवाहि हुने जनाएका छन ।

बिस्तृत प्रतिवेदन प्रतिक्षा गर्नुहोस………………

कोहलपुर नगरले सञ्चालन गरेको कक्षा ८ को रिजल्ट फेक – भाग १

कक्षा ८ को फेक रिजल्ट भाग ३ : तीन विषयमा फेल कसरी भए पास ? छानविन प्रतिवेदन आज आउदै !

  • १० बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech