१२ श्रावण २०८१, शनिबार

नगरपालिकाले शुरु गर्यो शिक्षा व्यवस्थापन सूचना प्रणाली तालिम
  • न्युज मानसराेवर

कोहलपुर: कोहलपुर नगरपालिका शिक्षा शाखाले शिक्षा व्यवस्थापन सूचना प्रणाली सम्बन्धी एक दिने तालिम शुरु गरेको छ ।
कोहलपुर नगर शिक्षा शाखाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयलाई उक्त तालिम दिइएको हो ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलकराम ढकालले विद्यार्थीहरुको विवरणहरुको तथ्याक राज्यले महत्वपूर्ण रुपमा हेरेको औल्याउदै तालिमले शिक्षा व्यवस्थापन सूचना प्रणाली विवरण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृतले ढकालले तालिम पश्चात नगरपालिकाले प्रदान गरेको समय अवधि भित्र नै विद्यार्थीहरुका विवरण आउने विश्वास व्यक्त गरेका छन। त्यसै गरी कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकले गत वर्षमा विद्यार्थीहरुको तथ्याक सही आउन नसकेको बताउदै सहि तरीकाले तथ्याक आउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन।

विकले शिक्षा व्यवस्थापन सूचना प्रणाली भर्न नसक्दा गत वर्ष ३ विद्यालयले जरीवाना तिर्न बाध्य भएको औल्याए ।प्रमुख अथिति विकले प्रविधिको युगमा शिक्षाको पहुँच आजको आवश्यकता हो विकले भनेको छन । उनले तालिमको सफलताको शुभकामना समेत व्यक्त गरेका छन। कार्यक्रमको सहजीकरण कोहलपुर नगर शिक्षा शाखा अधिकृत शिला गौतम प्राविधि सायक बल बहादुर नेपालीले गरेका छन।

तालिम दुई चरणमा संचालन गरिने प्राविधि सायक बल बहादुर नेपालीले जानकारी गराए।उनका अनुसार पहिलो चरणमा ४० विद्यालय तथा दोस्रो चरणमा ४० गरी कूल ८० विद्यालयलाई उक्त तालिम दिने जानकारी गराएका छन।

  • २२ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech