११ श्रावण २०८१, शुक्रबार

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन
  • न्युज मानसराेवर

बाँके\मधेश प्रदेशमा सतिशकुमार सिंहको नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले मुख्यमन्त्ती सिंहको सिफारिशमा १३ जना मन्त्री नियुक्त गरेकी हुन्। सिंह पनि आजै बिहान मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री सिंहले वन तथा वातावरण मन्त्रालय आफूसँगै राखेका छन्। त्यसबाहेक सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास, भरतप्रसाद साहलाई अर्थ, गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, युवराज भट्टराईलाई उद्योग, वाणिज्य तथा पर्यटन र राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शत्रुधनप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या, बेची लुंगेलीलाई उर्जा, सिँचाइ तथा खानेपानी, प्रमोदकुमार जयसवाललाई खेलकूद तथा समाज कल्याण, विमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन र उर्मिला चौधरीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी तीन जनाई राज्यमन्त्री नियुक्त भएका छन्। केशव रायलाई स्वास्थ्य तथा जनसंख्या, शारदादेवी थापालाई शिक्षा तथा संस्कृति र रञ्जुकुमारी मण्डल खङलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको छ।

नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech