११ श्रावण २०८१, शुक्रबार

उखरमौलो गर्मिमा पनि राप्ति सोनारीका किसानलाई मकै थन्क्याउने चटारो
  • न्युज मानसराेवर

राप्ति सोनारी, बाँके: बाँकेको राप्ती सोनारीमा यतिबेला प्रचण्ड गर्मिको प्रवाह नगरि किसानलाई मकै भाँच्न भ्याई नभ्याई हुन थालेको छ । ज्येष्ठ दोस्रो साताबाट मकै भाँच्न सुरु गरेका किसानहरूलाई पाकेको मकै भित्र्याउन चटारो थपिएको हो ।

बाँकेका खेतीयोग्य जमिनमा लगाइएका मकै पाक्न सुरु भएपछि किसानलाई मकै भाँच्न र थन्क्याउन भ्याई नभ्याई भएको हो । मकै भित्र्याउनुपर्ने भएकाले बाँके राप्ति सोनारीका किसानहरू खेतमै व्यस्त हुन थालेका छन् । मकै भाँच्न सुरु गरेका किसानहरू मकै भाँच्ने, दाउनी गर्ने, सुकाउने र भित्र्याउने काममा व्यस्त छन् । राप्ती सोनारीमा सिक्टाको सिचाईका कारण समयमै मकैलाई चाहिने पानी दिन सकेकोले मकै उत्पादन राम्रो भएको राप्ती सोनारी ७ का वडा अध्यक्ष समेत रहेका कृषक राम लखन थारुले बताए ।

मौसमले साथ दिइरहेकाले बाँकेमा किसानहरू पाकेको मकै भाँचेर थ्रेसर गर्न थालेका छन् । राप्ती सोनारी ७ का कृषक अमर बहादुर घर्तिले भने “अहिले राप्ती सोनारीमा मात्र नभएर बाँकेका खेतका फाँटहरूमा मकै भाँच्ने, सुकाउने र थ्रेसर गर्ने काममा किसानहरू व्यस्त छन ।” बाँके जिल्लामा मकै बाली भित्र्याउने क्रम असार पहिलो सातासम्म रहन्छ । मकै उठाएर किसानहरूलाई बेलैमा धान रोप्ने खेतमा आली लगाउने अवको केहि सातामै थप चटारो पनि थपिने छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदका अनुसार जिल्लामा किसानहरुले हाइब्रेट जातका बिउ डिकेसी ९०८१, अरुण २, मनकामना ,डि काल ८३१, पाइनियर ३१ वाई ४५ र नेपालमै उत्पादित रामपुर कम्पोजित लगायतका मकैका जातहरू किसानहरुले लगाउँदै आएका छन् ।

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech