४ श्रावण २०८१, शुक्रबार

वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई दियो १५० रनको लक्ष्य
  • न्युज मानसराेवर

काठमाडौँ:आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा आयोजक वेस्ट इन्डिजले नेदरल्यान्डससामु १ ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।  ट्रिनीडानस्थित ब्रायन लारा स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।
वेस्टइन्डिजका लागि शेफेन रदरफोर्डले अर्धशतक पूरा गरे। उनले ३९ बलमा २ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए।  निकोलस पुरनले १७ रन थपे। अकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफार्डले १३ रन बनाए।

न्युजिल्यान्डका ट्रेन बोल्टले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे। टिम साउथी र लोकी फर्गुसनले समान २ विकेट लिए। जेम्स निसाम र मिचेल साट्नरले समान १ विकेट आफ्नो नाममा गरे।

आजको खेलमा आयोजक वेस्टइन्डिज न्युजिल्यान्डलाई हराउँदै एक खेल अगावै सुपर ८ मा पुग्न चाहन्छ। २ खेलमा अपराजित रहेको वेस्टइन्डिज ४ अंकमा दोस्रो स्थानमा छ। उता न्युजिल्यान्ड भने घरेलु टोलीलाई हराउँदै पहिलो जितको खोजीमा छ।

  • ३१ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech