४ श्रावण २०८१, शुक्रबार

प्रहरी भन्दै पैसा माग्ने कोहलपुर ४ का काङ्ग्रेस वडा सचिव पक्राउ
  • न्युज मानसराेवर

बाँके: बर्दियामा प्रहरी हौँ भन्दै पैसा माग्ने कोहलपुरका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं.४ बस्ने बर्ष ३२ को रामजान अली गुज्जर र वडा नम्बर ३ बस्ने बर्ष ४२ को नन्दलाल थारू रहेका छन् ।

बर्दिया बाँसगढी नगरपालिका वडा नं.९ स्थित अजय कटेजका संचालक जगराम थारुलाई हामी प्रहरी हौँ भनी पैसा माग गरेको कसूरमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीहरुलाई बाँसगढी नगरपालिका वडा नं. ३ मानखोला नजिकबाट पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा बर्दिया जिल्ला अदालत पेश भई ७ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ पर्ने रमजान अलि गुज्जर नेपालि काङ्ग्रेस कोहलपुरका वडा नम्बर ४ का वडा सचीव समेत हुन् ।

  • ११ असार २०८१, मंगलवार प्रकाशित

  • Nabintech