८ श्रावण २०८१, मंगलवार

फाईनलमा प्रबेश गरे धम्बोझी क्लब र कोहलपुर रेसिङ सहारा क्लब
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कोहलपुरको १३ विगाह खेल मैदानमा जारी बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनलमा नेपालगञ्जको धम्बोझी क्लब र कोहलपुर रेसिङ सहारा क्लब भिडने भएका छन ।

मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा धम्बोझीले रोयल नेपालगञ्ज एफसीलाई ३–० ले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र विगाहा फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा कोहलपुर रेसिङ सहारा क्लबले न्यु डाँफे स्पोर्ट्स क्लबलाई २–१ ले हराएर फाइनल यात्रा तय गरेको हो ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल असार १३ गते विहिवार हुनेछ । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

  • १२ असार २०८१, बुधबार प्रकाशित

  • Nabintech