बाँके:लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन ।अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री अहिरले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा दिएका हुन ।
जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीका महासचिव इस्तियाक राईले बताए । मन्त्री अहिरले पार्टीको निर्देशन बमोजिम आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन।










