२७ आश्विन २०८१, आईतवार

लोकतान्त्रिक समावेशी व्यवसायी समुहले घोषणा गर्यो उम्मेदवार
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर उद्योग बाणिज्य संघको आगामी नेतृत्वका निम्ति चुनावी महोल तातियको छ ।

आज कोहलपुरमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहले समेत आफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ ।
लोकतान्त्रिक समावेशी व्यवसायी सहमुहले प्रदिप भट्राईको नेतृत्वमा आज एक कार्यक्रमका विच उम्मेदवारी घोषणा गरिएको हो ।

घोषणा सभाले चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष ,हरिसरण केसी उद्योग उपाध्यक्ष , राकेश विष्ट वस्तुगत उपाध्यक्ष , दिपक बहादुर भण्डारी महासचिव ,भूमिराज कडेल कोषाध्यक्ष ,उपमहासचिव राजन कुमार पौडेल ,देविलाल सुनार सह कोषाअध्यक्ष रहेका छन ।

त्यसै गरी सदस्यहरुमा ,अमृत पौडेल नोखराज रावत,श्रीधर घिमिरे ,किरण श्रेष्ठ,झुपबहादुर भण्डारी ,किरण विक , गौरव श्रेष्ठ,गिरीधारी शर्मा ,रहेका छन भने महिला सदस्यमा शितल योगी अधिकारी रहेकी छन। उम्मेदवारी सभालाई सम्बोधन गर्दै प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्ण किसोर घिमिरी लोकतान्त्रिक समावेशी व्यवसायी समुहलाई विजयी गराउन अपिल गरे ।

व्यवसायीहरुको समस्याहरुको उचित समाधान गर्न सक्ने उम्मेदवारहरुलाई विजयी गराउन सबैले सहयोग गर्न समेत उनले भनेका थिए ।

नेपाली काग्रेस कोहलपुर नगर सभापति विरेन्द्र शाहको अध्यक्षतामा उक्त उम्मेदवारी घोषणा गरिएको थियो । भने कार्यक्रममा एकिकृत समाजवादी नेपाल मजदुर किसान पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

 

  • १४ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech