२१ मंसिर २०८१, शुक्रबार

जागरण सभाले दिनुपर्ने सन्देश
  • शितविन्दु गौतम

नेपालको राजनीतिलाई स्थिरताको बाटोमा हिँडाउन आवश्यक छ । यसका लागि लोकतान्त्रिक राज्यमा राज्य र नागरिकका बीचमा हुनुपर्ने जीवन्त सम्बन्धको विकास हुन सक्नुपर्छ । त्यसैले राजनीतिलाई नीतिका आधारमा नयाँ शिराबाट ध्रुवीकृत गर्दै मूलतः देशको सवल स्वाधीनता, राष्ट्रिय स्वाभिमान र जनहितकव संरक्षण गर्ने नीति लिएर आमजनतालाई गोलबन्ध गर्न जरूरी छ । यसका लागि मुलुकमा भरपर्दो राष्ट्रिय शक्ति आवश्यक छ । यो आवश्यकता नेकपा एमालेले लिएका नीतिगत प्रतिवद्धता, विकासको मार्गदर्शन, व्यवहारमा लिएको अराजकता विरूरुधको चट्टानी अडान र समृद्धिको योजनावद्ध सपनाको सफल कार्यान्वयनबाट मात्र सम्भव छ ।

त्यसैले मुलुकको हित चाहने इमान्दार आम जनतालाई पार्टीको वरिपरि जोड्न देशमा बलियो राष्ट्रिय शक्ति आवश्यक छ र त्यो एमालेबाट मात्र सम्भव छ भन्ने जनविश्वास बढेको छ । त्यसैले त चौतर्फी घेरावन्दी र पार्टी विभाजनको दुष्चक्रको परिस्थितमा पनि नेकपा एमाले मुलुकका आम मतदाताको रोजाइको जनमतमा पहिलो दल बनेको छ ।

अहिले यिनै विश्षता बोकेको जनप्रिय दल नेकपा एमाले र यसका श्रद्धेय अध्यक्षको नेतृत्वमा प्रजातन्त्रका लागि पटकपटक लड्दै आएको अर्को प्रतिस्पर्धी दल नेपाली कांग्रेससँगको सहकार्यमा सैयुक्त सरकार बनेको १०० दिन भर्खरै पुरा भएको छ । १०० दिनका उपलब्धिका सूचकहरुले मुलुकको समग्र स्थितिल् स्थिरता र सुशासनको लय समात्ने सङ्केत गरेको छ । स्थिरताको यही क्रम बढ्दै जानेको भने अस्थिरताको धमिलो पानीमा सधैँ अवसरको माछा मार्न पल्किएको विचौलिया र अराजक जथ्थाको खेतीपति बन्द हुने निश्चित छ । त्यसैले अहिले मुलुकको मियो नेकपा एमाले र यसका कमाणडर प्रधानमन्त्री केपि ओलीका विरूद्ध अनेक नाममा विषवमन गर्ने दर बढेको छ ।

उग्रवामपन्थी भड्काउ र अराजकताको मारबाट मुलुक पिल्सिएको समयमा त्यसको कुचक्रलाई निस्तेज पार्न मात्र होइन जातिय द्वन्द्व भड्काएर अराजकता मच्चाउन चाहनेका विकृत सपना चकनाचुर पार्न पनि एमालेले लिएको सही मार्गदर्शन र वर्तमान नेतृत्वको बलियो अडानले भूमिका खेलेको छ । त्यसैको जगमा अहिले मुलुक दुष्चक्रबाट सुरक्षित छ ।

नेपाल र नेपालीको सामाजिक एकता र सद्भावलाई जोगिएको छ । मधेश र पहाड बिच फेलाउन खोजिएको दरार हटेको छ । नेपालको जातीय, धार्मिक तथा सामाजिक सहिष्णु स्वाभावका विपरित संघीयता र स्वशासनका नाममा जातीय नरसंहार भएका मुलुकमा शान्ति स्थापनाका लागि बरु अलग राख्न गरिएको अभ्यासलाई यहाँ पनि स्थापित गर्न खोजिएकोमा त्यो दुष्प्रयत्न पनि अब निस्तेज भैसकेको छ ।

अहिले विपन्नता र अविकासको अध्यारोबाट मुलुकले केही मन्द गतिमा नै सही हाँसिल गर्दै आएको उज्यालोलाई छायाँमा पार्ने र नकारात्मकताको खेती बढाउन सामाजिक सञ्जालको दुरूपयोग गर्ने अभ्यास भैरहेको छ । सामाजिक सञ्जालमा आएका कुनै समाचार र भिडियोको तलतिर छद्मनामबाट पोखिने गरेका अराजक भाव, कुण्ठा र पचाउन नसकिने गालि गलौजको सिलसिलालाई एकछिन नियाल्ने हो भने त्यस्ता जथ्थाको सञ्चालक र मनसाय स्पष्ट हुन्छ । उनीहरू लोकतन्त्रका लागि संघर्ष गरेका र जनताको भरोसाको आधार बनेका ठूंला दल अझ विशेष गरेर एमाले र यसको नेतृत्वप्रति दुरासयपूर्ण अभिव्यक्ति दिइरहेका छन् । अनि यसरी नकारात्मकता फैलाउँदै चटके कुरा गरेर जनतालाई दिग्भ्रमित पार्ने अभियानमा लागेका छन् ।
राणा शासनमा जसरी राणाले तत्कालीन राजा र जनताबिच पर्खाल खडा गरेका थिए अहिले नेपा एमाले र जनताका वीच यस्तै सामाजिक सञ्जालमा स्याल हुइँया र नकारात्मकता अनि सडकमा पद्दधति विरूद्द अराजकता मच्चाएर गलत भाष्य स्थापित गर्न उद्यत छन् ।

नेकपा एमालेले मङ्सिर ७ गते गर्ने जागरणसभाले यी र यस्तै अराजकताको पर्दाफास गर्न सक्नुपर्छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई जनजीवनसँग अभिन्न अङ्ग बनाउन हरेक मोर्चामा अब्बल ठहरिनु सरकार र एमालेको वर्तमान ऐतिहासिक कार्यभार हो । मुलुकमा स्थिरता कायम गर्न र सही मार्गमा लैजान आवश्यक प्रावधानहरु सुनिश्चित गर्नु पर्छ । यसका लागि जिम्मेवार दल र बौद्धिक समुदायबीच समन्वय, सहकार्य र विश्वास वढाउँदै संविधान संशोधन गरेर दीर्घकालीन समाधान दिनुसक्नु पर्छ ।

अहिले प्रधानमन्त्री ओली र एमालेविरुद्ध नियोजित रूपमा उग्रता पोख्नेहरूलाई ुजस्तालाई तस्तैु भन्दा पनि जिम्मेवारीपूर्वक,सभ्य संस्कारबाट तथा सरकारले गरेका कामको नतिजाबाट नै जवाफ दिनु बढी श्रेयस्कर हुन्छ ।
जागरणसभाले वर्तमान सरकार गठनको सन्दर्भ, औचित्य र सहमतिका कार्यभारको उजागरगर्नु पर्छ । संविधान संशोधनका मुल पक्षहरू, दुई ठूला पार्टी मिल्नै हुँदैनथ्यो भन्ने तर्कको चिरफार सहित सहकारी ठगी प्रकरण र सुशासनका बाधाहरू चिर्ने सन्दर्भ, सन्तुलित कुटनीतिक सम्बन्ध विकासका साथै जनअपेक्षा पूरा गर्न सरकारले चालिरहेका कदमहरु जनसमक्ष राखेर यसका लागि जनविश्वास बढाउन योगदान गर्न सक्नु पर्दछ । जनजिविकाका विषय, विचौलिया प्रवृत्तिबाट बढ्दो महङ्गी नियन्त्रण गर्ने र व्यवसाय प्रवर्धन र रोजगारी सिर्जनाका साथै स्वदेशी उत्पादनमा आत्मनिर्भरताका विषयमा पनि जनतालाई थप सुसूचित गर्न आवश्यक छ ।

मुलुकको भविष्य र नेकपा एमालेको बलियो नेतृत्व अनि पार्टी पङ्तिको मनोबल उच्च बनाएर समृद्धिको मार्गमा अरुलाई पनि साथमा लिएर हिड्न मार्गदर्शन समेत गर्नुपर्छ । अहिले प्रधानमन्त्री ओलीको ‘सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने’ नीतिको समेत जगमा उभिएर आम जनतामा सुशासन, समृद्धि र विकासप्रति आशा र भरोसाको सञ्चार गर्न सक्नुपर्छ । जनतामा फैलाइदै गरेका भ्रम र चटके व्यक्तित्वहरूलाई आदर्श मान्ने गरी बनाउँदै गरिएको भाष्यलाई चिर्न पनि जागरण अभियानको यस सिलसिलालाई चरणबद्ध रूपमा ग्रामीण बस्तीसम्म पुर्याउन आवश्यक छ ।

  • ७ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech