२१ मंसिर २०८१, शुक्रबार

प्याव्सन बाँकेको आयोजनामा सुरु भयो जिल्ला स्तरीय लोकनृत्य
  • न्युज मानसराेवर

नेपालगञ्ज: प्याब्सन बाँकेले अन्तरविद्यालय जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको तेस्रो संस्करण आजवाट नेपालगञ्जमा शुरु भएको छ । तेस्रो प्याब्सन अन्तरविद्यालय जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता घोषणा गरेको प्याब्सनले त्यसको तयारीका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक लक्ष्मण सिंहको नेतृत्वमा कार्यक्रम तयारी अगाडि बढाएको हो ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतका अनुसार यस जिल्ला स्तरीय प्रतियोगिताबाट प्रथम र दोस्रोले प्रदेश स्तरीय प्रतिस्पर्धामा सहभागी हुँदै केन्द्रसम्मको राष्ट्रिय स्तरको प्रतियोगिताको सहभागिताको अवसर पाउन सक्छन् । सामूहिक लोक नृत्य भएकाले दुई दर्जन बढी विद्यालय सहभागिता रहेको अध्यक्ष रावतले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गर्ने भएकाले यसप्रति विद्यालय तथा विद्यार्थीको आकर्षण बढ्दै गएको अध्यक्ष रावतको भनाइ छ । द्वितीय हुनेलाई नगद २५ हजार, तृतीयले १५ हजार र तीनवटा सान्त्वना टिमलाई ५ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने व्यवस्था प्याब्सनले मिलाएको जनाएको छ ।

प्रतियोगितामा विभिन्न मौलिकता समेतको मापन गरी मूल्याङ्कन पद्धति बनाइएको छ । कार्यक्रम संयोजक लक्ष्मण सिंहले दिएको जानकारी अनुसार, प्रस्तुतीकरणमा मौलिकतामा २० अंक दिइएको लोक नृत्यमा कोरियोग्राफी र तालका लागि २०/२०, स्टेज कभर शृङ्गार, भेषभूषा, हाउभाव र लयमा १० अंक दिइने व्यवस्था गरिएको छ ।

  • ७ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • Nabintech