कोहलपुर,बाँके: कोहलपुर महोत्सवको सातौं दिन सोमबार शितलहरको प्रवह नगरी राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहयो । सोमबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड, चर्चित लोक दोहोरी गायिका टीका पुनले आफ्नो प्रस्तुति मार्फत दर्शकलाइ मन्त्रमुग्ध बनाएका थिए । शितलहरको प्रबाह नगरी ओईरिएका दर्शकमाझ राम जि खाँड र टीका पुनको प्रस्तुतिले माहोल गरमा गरम भएको थियो ।
त्यस्तै गायक गोपाल नेपाल जिएम,गायिका रुपा घर्तीमगरले दर्शकहरुलाइ सांगीतिक प्रस्तुति मार्फत भरपुर मनोरञ्जन प्रदान गरेका थिए भने मोडेल तथा डान्सर यनी पुन र बबिता गुरुङले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा नि:शुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।
कोष खडका र ममता थापाको उदघोषणले थपेको उर्जामा दर्शकहरुले भरपुर मनोरञ्जन लिईरहेको सांस्कृतिक संयोजक बिरेन्द्र सिंहले न्युज मानसरोबरलाई भने ।
१६ गतेका मुख्य आकर्षण
महोत्सवमा मंगलबार पछिल्लो समयका निकै व्यस्त चर्चित नायक पल शाह आउनेछन् । दोहोरी गायक अर्जुन सुनाम, गायक सुमन बिटी, लोक तथा दोहोरी गायिका सपना शाहीको प्रस्तुति रहनेछ । त्यस्तै महोत्सवमा मोडल तथा डान्सर अस्मिता पुरी र दमन्ती शर्माको प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।