२८ फाल्गुन २०८१, बुधबार

एचपिभी खोप अभियान बैजनाथमा सुरु
  • न्युज मानसराेवर

बाँके\पाठेघरको मुखको क्यान्सर विरुद्ध बैजनाथ गाउँपालिकामा बुधबारदेखी एचपिभी खोप अभियान सुरु गरिएको छ ।
प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बुधबार विभिन्न खोप केन्द्रमा पुगेर अभियानको शुभारम्भ गरेका हुन् ।

आगामी फागुन ८ गतेसम्म चल्ने अभियान अन्तरगत बैजनाथका सामुदायिक र संस्थागत बिद्यालयको कक्षा ६ देखी १० सम्म अध्ययनरत ३ हजार ९ सय ३३ जना र १० देखी १४ वर्ष उमेर समुह (बिद्यालय बाहिर) का ३५ जना किशोरीलाई उक्त खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले दिएका छन।

  • १ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech