२९ जेष्ठ २०८२, बुधबार

  • न्युज मानसराेवर

बाँक\प्रेमविवाहको विषयलाई लिएर पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा भएको दुई समूहबीच झडपमा घाइते स्थानीय एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।

झडपमा ११ जनपथ प्रहरी, ४ सशस्त्र प्रहरी र ६ स्थानीय गरी २१ जना घाइते भएका छन् । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र छोटकी कुस्माका दुई समूहबीच विवाद हुँदा स्थिति तनावपूर्ण बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले सो घटनामा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय विजय धवलको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

  • १३ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • Nabintech