१७ बैशाख २०८३, बिहीबार

कर्णालीमा ५५ प्रतिशत मत खस्यो
  • न्युज मानसराेवर

सुर्खेत । कर्णालीमा ५५‍.१ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार, १० लाख ४८ हजार १३८ मतदातामध्ये ५ लाख ७७ हजार ५४२ जनाले मात्रै मत हालेका हुन् ।

मतदानमा सहभागी महिलाको संख्या ३ लाख १२ हजार ८४५ र पुरुष मतदाताको संख्या २ लाख ६४ हजार ६९५ रहेको छ ।

निर्वाचन क्षेत्रगत रुपमा हेर्दा सुर्खेत–१ मा १ लाख २२ हजार ९०२ मतदाता संख्या रहेकोमा ५७‍.०९ प्रतिशत अर्थात् ७० हजार १६७ मत खसेको छ ।यस्तै, सुर्खेत–२ मा १ लाख २७ हजार ६६८ मतदाता संख्या रहेकोमा ५७.४६ प्रतिशत अर्थात् ७३ हजार ३५६ मत खसेको छ ।दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा, ८१ हजार २८७ मतदाता संख्या रहेकोमा ५०।५२ प्रतिशत अर्थात् ४१ हजार ०६९ र ८१ हजार ५०३ मतदाता संख्या रहेको दैलेख–२ मा ४८.२४ प्रतिशत अर्थात् ३९ हजार ३२१ मत खस्यो ।

यस्तै १ लाख ०८ हजार ४७९ मतदाता संख्या रहेकोमा ५६.८४ प्रतिशत अर्थात् ६१ हजार ६५७, १ लाख ६४ हजार ६४८ मतदाता संख्या रहेको सल्यानमा ५१.१४ प्रतिशत अर्थात् ८४ हजार २०१ र १ लाख ७ हजार ७४८ मतदाता संख्या रहेको रुकुम पश्चिममा ५८.४४ प्रतिशत अर्थात् ६२ हजार ९६८ मत खसेको छ ।

यस्तै कालिकोटमा ५० प्रतिशत मत अर्थात ४२ हजार ५२३ मत खसेको छ, यहाँ ८५ हजार ०४४ मतदाता थिए ।

यस्तै ७२ हजार ४४४ मतदाता संख्या रहेको जुम्लामा ५६.८८ प्रतिशत अर्थात् ४१ हजार २०८, ३६ हजार ६०५ मतदाता संख्या रहेको मुगुमा ६०।५६ प्रतिशत अर्थात् २२ हजार १६८ मत खसेको छ ।

हिमाली जिल्ला डोल्पामा २५ हजार ००५ मतदाता संख्या रहेकोमा ६५।७३ प्रतिशत अर्थात् १६ हजार ४३७ मत खसेको छ भने ३४ हजार ८०५ मतदाता संख्या रहेको डोल्पामा ६४.५५ प्रतिशत अर्थात् २२ हजार ४६७ मत खसेको छ।

  • २१ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • Nabintech