काठमाडौँ \नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक संसदीय चुनाव नलड्ने घोषणा गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै आज उनले आगामी निर्वाचनमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन्।
‘लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँछु,’ उनले भने ।उनले गत चुनावमा आफ्नो क्षेत्रमा सीमित भएको भन्दै यसपटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्ने बताए ।’मेरो आग्रह छ- चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ,’ उनले भने ।













