१७ बैशाख २०८३, बिहीबार

लुम्बिनीबाट कांग्रेस उम्मेदवार सिफारिस
  • न्युज मानसराेवर

बाँके\आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फ नयाँ अनुहारलाई मौका दिने भनिरहे पनि प्रत्यक्षतर्फ सिफारिस भएकाहरू अधिकांश पुराना छन् । केही निर्वाचन क्षेत्रमा पार्टीले जारी गरेको मापदण्ड विपरीतसमेत उम्मेदवार सिफारिस भएका छन् ।

विभिन्न मुद्दा मामिलामा परेका नेतालाई समेत क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका रूपमा सिफारिस गरेको छ । रुपन्देही जिल्लाको क्षेत्र नम्बर ३ वटा सिफारिस भएका पूर्वगृहमन्त्री बालकृष्ण खाण भुटानी शरणार्थी सम्बन्धी मुद्दा झेलिरहेका छन् ।

यद्यपि मुद्दा विचाराधीन रहेका समयमा उम्मेदवार हुन कानुनी रोक नभए पनि उनी उम्मेदवार बनेको खण्डमा अन्य दलले यसलाई नै चुनावी मुद्दा बनाउन सक्ने भन्दै कांग्रेसका स्थानीय नेता–कार्यकर्ता चिन्ता व्यक्त गर्दछन् ।

नवलपरासीको क्षेत्र नम्बर २ वटा प्रत्यक्षतर्फ सिफारिस भएका नरेन्द्र गुप्ता पनि अदालतमा ‘चेक बाउन्स’ सम्बन्धी मुद्दा झेलिरहेका छन् । गुप्ताविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दामा गत वर्ष पक्राउ पुर्जी जारी भएको थियो । त्यो मुद्दा मिलाए पनि उनीविरुद्ध नवलपरासी जिल्ला अदालतमा अर्को मुद्दा विचाराधीन छ ।

गुप्ताविरुद्ध सर्लाहीको अन्नपूर्ण सुगर मिल खरिद गर्दाको २ करोड २२ लाख रुपैयाँ भुक्तानी नभएको र चेक बाउन्ससमेत गरेको भन्दै सर्लाही हरिपुर नगरपालिका वडा नम्बर १ ठेगाना भएका हाल परासी बस्ने विनोद साह कलवारले मुद्दा दिएका छन् ।

साहले रातोपाटीसँग भने, ‘अझैसम्म पैसा दिएको छैन । त्यसकारण चेक बाउन्सको मुद्दा जिल्ला अदालतमा दिएको छु, जो विचाराधीन छ ।’ कांग्रेस नेता गुप्ताले पनि लेनदेनको मुद्दा अदालतमा चलिरहेको स्वीकार गर्दै उक्त मुद्दाले निर्वाचन उम्मेदवार बन्न कानुनी रूपमा अप्ठ्यारो नपार्ने दाबी गरे ।

  • १४ पुष २०८२, सोमबार प्रकाशित

  • Nabintech