२४ फाल्गुन २०८२, आईतवार

दिग्गज कलाकार सुनिल थापा रहेनन्
  • न्युज मानसराेवर

काठमाडौँ\दिग्गज कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले लोकान्तरलाई जानकारी दिए ।

‘थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उहाँको निधन भएको छ,’ संघका अध्यक्ष निरौलाले भने, ‘परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।’

स्वास्थ्यमा समस्या आएपछि थापालाई अस्पताल लगिएको थियो ।थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापाका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।परिवारका सदस्य मुम्बईबाट आएपछि थप प्रक्रिया अघि बढ्ने निरौलाले बताए ।

  • २५ माघ २०८२, शनिबार प्रकाशित

  • Nabintech