७ जेष्ठ २०८३, बिहीबार

बिदेशमा रहेको छोरालाई बाबुुको पत्र
  • न्युज मानसराेवर

पृय छोरा शुुभाषिस
हामि यहाँ आरामै छौ र तिमिलाई आराम चाहान्छुु । बाबु तिमिले नेपालमा आउँदै गरेको निर्वाचनमा चासो राखेको देख्दा अत्यन्त खुुसीलागेको छ किनकी हिजोका दिनमा देशको राजनिति प्रति कत्तिपनि चासो नदिने तिमिलाइ देशको मायाँ र राजनिति प्रति चासो बढेको देख्दा मलाई खुुसी लागेको छ ।बाबुु तिमिले देश खत्तम भयो देशमा बिकास भएन र सबै पुुराना राजनितिक दलले गर्दाहो र अहिले नयाँ भनिने लाई भोट हाल्न दवाव दिदै फोन गर्दा मलाई मेरो मनमा लागेका केही कुुराहरु आज भन्दै छुु ।

बाबुु तिमि र तिम्रो दाईको परिवार विदेश गएको पनि १० बर्ष भईसक्यो अझै एक पटक स्वदेश फर्केका छैनौ देशमा धेरै परिवर्तन भएको छ विगत पाँच बर्षमा हजारौ किलोमिटर पक्की सडक बनेका छन्, पुुल पुुलेसा, विद्यालयको रुप रगं परिवर्तन भएको छ । सामाजिक सुुरक्षाको क्षेत्रमा बिकसित देश भन्दा बढी प्रगती भएको छ । ठाउँ ठाउँमा सुुरुङ मार्ग बनेर देश नयाँ युुगमा प्रवेश गरेको छ ।

पहाडमा बग्ने नदीलाई पहाड छीचोलेर तराईका फाँटमा सिंचाई सुरु भएको छ । नेपाले आफुुलाई साच्चिकै सार्वभौम देशको रुपमा अन्तराष्ट्रि फोरममा चिनाउन सकेको थियो । देशले लामो १० बर्षे द्धन्द, कोरोना माहामारी, बिनाशकारी भुुकम्मका बाबजुुद तिव्र विकासको गतिमा अगाडी बढ्दै थियो ।

नेपाल पनि एक स्वतन्त्र देश हो भन्ने आभास हुुदै थियो । हो बाबुु नेपाल तिमि बस्ने अष्ट्रेलिया जस्तो बन्न सकेको थिएन । तर नेपाल बिकासको गतिमा लम्कीदै थियो स्वाभिमान र राष्ट्रियता सबल बन्दै गर्दा फेरी गत भाद्र २३ र २४ गते आन्दोलनको नाममा ८४ अर्ब भन्दा बढीको भौतिक क्षेती र ७६ जनाको अमुुल्य ज्यान जाने गरी आतंक फैलाईयो । सामाजिक सञ्जाललाई नियम गर्ने सरकारको निर्णको विरुद्ध भएको न्भल श् आन्दोलनमा देश द्रोहीहरुले अबोध बालबालिकालाई मानव ढाल बनाएर प्रहरीलाई गोली चलाउन बाध्य बनाई हत्या गराए र त्यही हत्याको आरोप अहिले तत्कालीन सरकार र प्रधानमन्त्रीलाई लगाएर निर्वाचनमा आफ्नो बाँकी उद्देश्य पुुरा गर्ने सुुर कसिरहेका छन् ।

बाबुु तिम्रो नजरमा मुुक्तीदाता बनेका नयाँ भनिनेहरुले मेरो अगाडी अबोध बालबालीकालाई ढाल बनाएर रगत बगाए, हाम्रो संसद भवन, सिंह दरबार, सर्वोच्च अदालत, जस्ता धरोहर खरानी बनाए, देश भरिका सरकारी कार्यालय ध्वस्त बनाए, शुुरक्षाकर्मी माथी पाशविक आक्रमण गरि हत्या गरे, त्यतीमात्र होइन युुगाण्डा,बुुरुण्डी र सुुडानको झल्को दिनेगरी व्यक्तीगत सम्पती ध्वस्त पारे ।

बाबुु जेल तेडेर निस्केका हजार्रौ अपराधी मध्य कहिले कसले तिम्रो बाबुु आमाको विनाकारण हत्या गर्ने हो थाहा छैन अझै जेल बाहिरै रहेका छन् । तिमि नहुुँदा १० बर्ष देखी सुुुख दुुख मा साथ दिने, बिरामी हुुँदा अस्पताल पुुराउने र कुुर्ने अनी हरेक क्षेण रेखदेख गर्ने वडा अध्यक्ष अंकलको घर समेत एक सरो कपडा समेत निकाल्न नदिई जलाउने तिनै आततायीहरु अहिले नयाँ पार्टीको नाममा गाउँ गाउँ भोट माग्दै हिडिरहेका छन् । देशलाई खरानी बनाई २० औ बर्ष पछाडी पार्ने यि नयाँ होइनन् देश द्रोही हुुन् ।

बाबुु सबै पुुराना बेठीक हुुुँदैनन् र नयाँ भन्नेहरु ठिक हुुँदैनन् । यदि पुुरानोलाई त्याग्नै पर्नेहो भने अव आफ्ना बाबुु आमा, बाजे बजै सबैलाई त्याग्ने त ? देश बनाउन बिचार, इमान र विस्वास चाहिन्छ बाबुु, आवेग, घृणा र लहड र विस्वासघतले कहिले देश बनाउदैन । यो पटक देशको निर्वाच पाण्व र कौरव विचको युुद्ध बनेको छ । देश जलाएर जश्न मनाउने नयाँलाई होइन सिमित स्रोत र साधनको प्रयोग बाट भए पनि देशलाई अगाडी बढाउने विचारले परिपक्क सिद्धान्तमा स्पष्ट भएका दल र शक्तीलाई साथ दिनुु पर्ने आवस्यकता छ ।

आशीर्वाद छ छोरा !

  • २९ माघ २०८२, बुधबार प्रकाशित

  • Nabintech