१७ बैशाख २०८३, बिहीबार

बाँके क्षेत्र नं.१ मा एमालेको घरदैलो अभियान तिब्र
  • न्युज मानसराेवर

 बाँके \ नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालको घरदैलो अभियान यतिबेला जनताको उल्लेखनीय सहभागितासहित अघि बढिरहेको छ। उनले आज  कोहलपुर नगरपालिका वडा नं. १० र ११ मा सञ्चालन गरिएको  घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

घर घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै ढकालले विकास, सुशासन र समृद्ध बाँके निर्माणप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट पार  । कार्यक्रमकै क्रममा ८२ वर्षीय ज्येष्ठ नागरिक कृष्णबहादुर खड्काले उम्मेदवार ढकाललाई फूलको माला, खादा र अबिरसहित “विजयी भव” भन्दै भावुक शुभकामना व्यक्त गरे।

उमेरले ८ दशक पार गरिसक्नुभएका खड्काको आशिर्वादले कार्यक्रमस्थलमा भावनात्मक माहोल सिर्जना गरेको थियो। उपस्थित स्थानीयले यसलाई पुस्तान्तरणको विश्वास र आशाको प्रतीकका रूपमा व्याख्या गरेका थिए।

घरदैलोका क्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिनुका साथै महिलाहरूले पनि सक्रिय साथ दिएका थिए। ज्येष्ठ नागरिकको आशिर्वाद, युवाको जोश र जनताको विश्वासलाई आत्मसात गर्दै सूर्य ढकालले “जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो”भन्ने प्रतिबद्धता ब्यक्त गरे । समृद्ध बाँके निर्माणको लक्ष्यसहित नेकपा एमालेका उम्मेदवार सूर्य ढकाल यतिबेला घरदैलो अभियानलाई थप तीव्रता दिँदै जनताको बीचमा सक्रिय रूपमा अघि बढिरहनुभएको छ।

  • ९ फाल्गुन २०८२, शनिबार प्रकाशित

  • Nabintech