२४ फाल्गुन २०८२, आईतवार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
  • न्युज मानसराेवर

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट जारी गरेको हो ।निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो।उनीमाथि आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।

  • १२ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • Nabintech