बर्दिया \ जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सर्वजित यादवको निधन भएको छ । यादवको मंगलबार बिहान निधन भएको हो ।गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादवका अनुसार वडाध्यक्ष यादवको हृदयाघातका कारणले मृत्यु भएको हो । घरमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । ४४ वर्षीय यादव एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।









