१७ बैशाख २०८३, बिहीबार

बाँकेमा मुस्लिम महिलालाई मतदाता शिक्षा
  • न्युज मानसराेवर

बाँके\मुस्लिम समुदायको बाक्लो जनसङ्ख्या रहेको नेपालगन्जका विभिन्न क्षेत्रका मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ । मतदाता शिक्षाको अभावमा मुस्लिम समुदायका महिलाहरूको मत बढी बदर हुने गरेको पाइएपछि महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्ज–२१, बिर्तागाउँका मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरेको हो ।

फागुन २१ गते हुन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरी मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारीले बताए ।

नेपालगन्ज उपमहानगरमा पछि थपिएका अधिकांश वडाहरू ग्रामिण क्षेत्रमा पर्ने भएकोले ती क्षेत्रका मुस्लिम महिलालाई लक्षित गरेर मतदाता शिक्षा प्रदान गरिएको र सो शिक्षा अन्तर्गत उनीहरूलाई मतदान गर्ने तरिका सिकाउँदै नमुना मतदान समेत गराइएको बताए ।

 

  • १४ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • Nabintech