बाँके \नेकपा एमालेका बाँके क्षेत्र नं.१ का उम्मेदवार सुर्य ढकालले अधुरा काम पुरा गर्न मतदाताले विजयी बनाउने बताएका छन।
आज प्रचार प्रसारको अन्तिम दिन उम्मेदवार सुर्य ढकालले पत्रकार सम्मेलन गर्दै आफुले विगत २ वर्षमा शुरु गरेका आयोजनाहरु पुरा गर्न आम जनताले फेरी पनि आफुलाई विजयी बनाउने दावी गरेका हुन।
विगत २ बर्षमा आफुले महत्वपूर्ण आयोजनाहरुमा बजेट विनियोज गरिएको उल्लेख गर्दै काम पुरा गर्न समेत आफ्नो विजयी अनिवार्य रहेको औल्याए ।उनले विगत २ वर्षको बजेट बाँके जिल्लाका ३ वटै निर्वाचन क्षेत्र तथा बर्दिया जिल्लाको समेत अध्ययन गर्न आग्रह गर्दै अन्य निर्वाचन क्षेत्र भन्दा १० रुपैया समेत न्यून रहेको खण्डमा एमालेको राजनिति छोड्ने दावि समेत गरे ।
अनले वितग २ बर्षमा राप्ती नदिको कटान बहुउदेश्य आयोजनाहरु सम्पन्न गर्न समेत एमालेको नेतृत्व आवश्यक रहेको बताए । उनले संघिय सरकारका विभिन्न मन्त्रालयहरुबाट राप्तीसोनारी गाउँपालिका ,नरैनापुर गाउँपालिका र कोहलपुर नगरपालिकाको समग्र विकासका गतिविधि मुल्याकन गर्न समेत आग्रह गरे ।उनले जनस्तरमा एमाले थप बलियो भएको बताउदै ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राममा आम नागरिकहरुले आफ्नो विवेक प्रयोग गर्नु पर्ने बताए ।









