२४ फाल्गुन २०८२, आईतवार

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारहरुको बृहत्  र्‍याली
  • न्युज मानसराेवर

बाँके \आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार्फत शक्ति प्रदर्शन गरेका छन् ।सोमबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बृहत्  र्‍याली निकालेका हुन्।

प्रचारप्रसारको समय सकिनै लाग्दा प्रमुख दलका उम्मेदवारहरूले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा मुख्य दलका उम्मेदवारहरूबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।

  • १८ फाल्गुन २०८२, सोमबार प्रकाशित

  • Nabintech