बाँके\फागुन २१ (बिहीबार) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटर लामो सीमा ७२ घण्टाका लागि पूर्णरूपमा बन्द गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले नेपाल–भारत जमुनाहा नाका लगायत जिल्लाका सबै सहायक नाकाहरू सोमबार राति १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।









