७ जेष्ठ २०८३, बिहीबार

कोहलपुरमा आजदेखी टि–२० क्रिकेट प्रतियोगिता उद्घाटन

क्यानका सचिव पारस खड्काको प्रमुख अथितिमा प्रतियोगिताको उद्घाटन

  • न्युज मानसराेवर

कोहलपुर\आजदेखि ‘क्याम्पा’कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।प्रतियोगिता कोहलपुर–११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला(मैदान)मा सञ्चालन हुने भएको हो।कार्यक्रमको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले गर्ने प्रतियोगिता संयोजक विनायक गिरीले जानकारी दिए ।

प्रतियोगितामा ६ वटा टिमहरुको सहभागीता  छ ।प्रतियोगितामा ब्राइटलेड स्कुल, युनाइटेड भिजन क्रिकेट क्लब,एसपीए कलेज,कोहलपुर स्पोट्र्स एकेडेमी ,न्यू होरिजोन स्पोट्र्स क्लब र हिमालयन क्रिकेट एकेडेमी सहभागी रहेका छन् । प्रतियोगितामा सहभागी हुने टिमहरुमा नेपाल राष्ट्रिय क्रिकेट खेलाडीहरुको समेत सहभागीता छन।

\प्रतियोगितामा कुशल मल्ल,भिम सार्की, विनोद भण्डारी लगायतका राष्ट्रिय खेलाडीहरु सहभागी रहने संयोजक गिरीले  जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख र द्धितीय हुने टिमले २ लाख रुपैँया नगद पुस्कार पाउने संयोजक विनायक गिरीले   जानकारी दिए ।  ‘क्याम्पा’कोहलपुर प्राइड लिगले कोहलपुरको क्रिकेटलाई थप उचाइमा पु¥याउने पूर्व कप्तान एलबी क्षेत्रीले बताए । कोहलपुर प्राइड लिगले खेल क्षेत्रकाे विकाससँगै कोहलपुर चिनाउन मद्दत पुग्ने उनको विश्वास छ । 

  • २८ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • Nabintech