कोहलपुर\बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरी वनस्पति उद्यान पछिल्लो समय प्रकृतिप्रेमीका लागि प्रमुख गन्तव्य बनेको छ ।
बगैँचाभरि फुलेका रङ्गीचङ्गी फूल, हरियालीयुक्त खुला वातावरण र शान्त प्राकृतिक परिवेशले पर्यटकलाई आकर्षित गरिरहेको छ । प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि यो उद्यान पहिलो रोजाइ बन्न थालेको हो ।











