१६ जेष्ठ २०८३, शनिबार

बालेन दलको नेतामा सर्वसम्मत चयन
  • न्युज मानसराेवर

काठमाडौं। रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ। सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ।

रास्वपा केन्द्रीय समितिको बैठक अहिले घण्टीघरमा बसिरहेको छ। यसअघि केन्द्रीय समितिको बैठकमा बालेनलाई दलको नेता बनाउने प्रस्ताव पनि सर्वसम्मत पारित भएको थियो।

रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार सभापति लामिछानेको प्रस्तावमा शाहलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो। शाहलाई दलको नेता चयन गर्दै बैठक सकिएको रास्वपाले जनाएको छ। अब संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने तयारी गरिएको छ।

  • १२ चैत्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech