बाँके\ वातावरण सन्तुुलनका लागि ज्यादै महìवपूूर्ण मानिने सिमसार क्षेत्र कैलालीमा मासिँदै गएको छ ।यस क्षेत्रको संरक्षण नहुनु र जथाभावी दोहन गरिनुले क्रमशः मासिँदै गएको हो । आम्दानीका लागि ताल–तलैयाको अव्यवस्थित प्रयोगले दिन प्रतिदिन सिमसार क्षेत्रको विनाश भइरहेको सरोकारवालाहरूको ठहर छ ।
सिमसार क्षेत्र मासिँदै जानुको प्रमुख कारण ताल–तलैयाको जथाभावी दोहन नै प्रमुख कारण रहेको वसन्ता संरक्षित वन परिषद्का अध्यक्षसमेत रह]का संरक्षणकर्मी पुस्कल बमले बताए । गोरखापत्र दैनिकमा अविनाश चौधरीले खबर लेखेका छन् ।