बाँके\ नेकपा एमालेको भातृय संगठन नेपाल उत्पिडित जातिय मुत्ति समाज राप्ती सोनारी गाउँपालिका स्तरीय कमिटी विस्तार गरिएको छ ।
एक कार्यक्रमको आयोजना गर्दै नेपाल उत्पिडित जातिय मुत्ति समाज पालिका स्तरीय कमिटी विस्तार गरिएको हो ।
भेलाले पालिका स्तरीय कमिटीको अध्यक्षमा भरत बिसीको नेतृत्वमा २९ सदस्य कार्य समिति चयन गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले उत्पीडित वर्गको एक मात्र सारर्थी नेकपा एमाले रहेको बताए ।
उनले श्रमिक वर्गको र सामाजिक रुपमा उत्पीडनमा रहेका वर्गको उत्थान र उनीहरुको शशत्तिकरणका लागि सर्दैव नेकपा एमाले साथमा रहेको बताए । उनले स्थानीय स्तरमा रहेका यस्ता उत्पीडन वर्गहरुका न्यास र उनीहरुको सवलीकरणमा नेपाल उत्पिडित जातिय मुत्ति समाजले महत्वूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास लिएको बताए ।साथै ढकालले स्थानीय चुनावमा केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्न समेत आह्व गरेका थिए । कार्यक्रमा नेकपा एमाले राप्ती सोनारी गाउँपालिका कमिटी अध्यक्ष मनोज केसी राष्ट्रिय युवा संघ बाँकेका इन्चार्ज युवा नेता खेमराज शर्मा लगाए जिल्ला कमिटी सदस्यहरुले आ आफ्नो धारणा राखेका थिए ।