बाँके \ बाँके क्षेत्र नं.३ मा नेकपा एमालेले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडी बढाएको छ । मतदान गर्न बाँकी १२ दिन मात्र रहदाँ वडा स्तरमा एमालले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडी बढाएको हो ।
हाम्रो अभियान अन्तगर्त मतदाता शिक्षा आम नागरिकलाई सचेत गराउनु पनि हो । त्यसैले हामी वडा स्तरमा मतदाता शिक्षामा केन्द्रित भएका र्छौँ।’ नेकपा एमालेका बाँके जिल्ला सदस्य लिल बहादुर नेपालीले जानकारी गराए ।
अभियानमा आज बाँके बैजनाथ गाउँपालिका वडा नं.५ गुरुवागाऊ टोलमा नेकपा एमाले र राप्रपा संयुक्त अगुवा नेता कार्यकर्ताहरुले मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम गरेका थिए ।