बाँके\बाँके क्षेत्र नं.१मा एमालेका प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकालले ७ सय १० मतले अग्रता लिएका छन ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नं.२,३,५ को मतगणना हुर्दै गर्दा ढकालले अग्रता पाएका हुन। हाल सम्म ३हजार ९सय ७४ मत गणना सम्पन्न गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
ढकालले कूल १ हजार ६ सय २१ मत प्राप्त गरेका छन।
त्यसै गरी गठबन्धनका उम्मेदवार महेश्वर गहतराज अथकले ९ सय १९ मतले ढकालाई पछ्याइरहेका छन।