कोहलपुर\ बाँकेको कोहलपुरमा लुम्बिनी प्रादेशिक महोत्सवको छैटो दिनसम्म उत्साहपूर्वक सञ्चालन भइरहेको छ ।महोत्सवको छैटो दिन चर्चित गायक प्रकाश सपुत, गायिका टिका पुनदेखि स्थानीय तथा अन्य राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुती दिएका छन् ।
गायक सपुतले दर्शकहरुलाई आकर्षित गरेका थिए । फागुन १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा अहिले विद्यालय स्तरीय प्रतियोगिता सञ्चालन भइरहेको छ । सामुहिक नृत्य प्रतियोगितामा कोहलपुर क्षेत्रका २० विद्यालय सहभागी छन् ।
यस्तै कोहलपुर क्षेत्रका विद्यार्थीहरुलाई निःशुल्क स्टल अवलोकनको समेत सुविधा प्रदान गरिएको छ । आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अनुसार हरेक दिन विद्यार्थीहरुले स्टल अवलोकन गरिरहेका छन् । यस्तै कोहलपुरमा स्थानीय कलाकारहरुको समेत हरेक दिन विशेष प्रस्तुती रहने गरेको छ ।
कर्णाली दोहोरी घर र संगीतकर्मी संघ बाँकेका कलाकारहरुको प्रस्तुती सँगै अन्य थुप्रै स्थानीय बाल तथा युवा कलाकारहरुको समेत प्रस्तुती रहने गरेको छ । महोत्सवमा उत्साहजनक रुपमा सम्पन्न भइसकेको छ ।
आयोजकले प्रस्तुतीदेखि उद्घोषक सम्म स्थानीयहरुले सञ्चालन गरिरहेका छन् । महोत्सव शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ ।
छैटौ दिनसम्म तीन करोडको हाराहारी आर्थिक कारोबार कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ मा छैटोदिनसम्म तीन करोडको हाराहारीमा आर्थिक कारोबार भएको छ ।
आयोजक कोहलपुर वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलका अनुसार महोत्सव सुरुभएदेखि छैटौ दिनसम्म कूल २ करोड ९५ लाख रुपैयाँको कारोबार भएको जानकारी गराएका छन। पाचौ दिनसम्म २ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो ।
महोत्सवको छैटो दिन ४५ लाख कारोबार भएको छ । महोत्सवको पाँचौ दिन १ करोड ३० लाख कारोबार भएको व्यपार संघले जनाएको छ ।